वामदेवको प्रस्तावः महाधिवेशनसम्म कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी प्रचण्डलाई,ओलीलाई दुबै पद
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी नेताहरुसामू प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार उपाध्यक्ष गौतमले पार्टीमा विग्रह आउन नदिन ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ ।