टि-सेलले कसरी बढाउँछ रोग प्रतिरोधी क्षमता ?



कोभिड १९ को खोप पत्ता लगाउने दौड तीव्र भएको छ तर टि-सेलले कतिपय मानिसलाई एक हदसम्म प्रतिरोधी क्षमता दिलाउने पाइएको छ । प्रमाणहरू विस्तारै देखापरिरहेका छन्। सुरुमा वैज्ञानिकहरूले कोभिड-१९ बाट निको भएका तर त्यसविरुद्ध कुनै एन्टीबडी देखा नपरेका बिरामीहरू भेटे । त्यसपछि यस्तो अवस्था त निकै धेरै बिरामीहरूमा रहेको पाइयो । अनि, एन्टीबडी विकास भएका बिरामीहरूले पनि केही महिनापश्चात् त्यो फेरि गुमाएको पाइयो । छोटकरीमा भन्दा, एन्टी बडीको उपस्थितिले महामारीको फैलावट नाप्न निकै मद्दत गर्यो तर प्रतिरोध क्षमतामा तिनको भूमिका पहिले सोचिएजस्तो मुख्य नहुन सक्ने पाइयो । यदि हामीले यो रोगबाट दीर्घकालीन प्रतिरोध खोजेका हौँ भने त्यो त अन्यत्रबाटै आउनु पर्ने देखिएको छ । संसारको ध्यान एन्टी बडीमा ज्यादा केन्द्रीत भइरहँदा अनुसन्धानकर्ताहरूले भने अर्को प्रकारको प्रतिरोधबारे थप जानकारी पाउन थालेका छन्, त्यो जुन, कतिपय अवस्थामा, मानिसको शरीरमा वर्षौँदेखि लुकेर बसिरहेको छ ।

श्वेत रक्त कोषका एक रहस्यमयी प्रकारले अहिले ती अनुसन्धानकर्ताको ध्यान खिचेको छ। विगतमा यसबारे आम जनमानसमा धेरै छलफल नगरिए पनि कोभिड-१९ विरुद्धको लडाइँमा यसको भूमिका महत्त्वपूर्ण हुनसक्छ। टि-सेल भनिने यी कोषिकाको भूमिका अहिले सबैको नजरमा परिरहेको छ । महामारी सुरु हुनुभन्दा वर्षौँ पहिले झिकिएका रगतका नमुनामा पनि अनुसन्धानकर्ताहरूले टि सेल भेट्टाए जसले कोरोनाभाइरसको सतहमा भएको प्रोटिन पत्ता लगाउन सक्छ । टि-सेल भनेको पनि एक प्रकारको प्रतिरोध प्रणालीकै कोष हुन्। तिनको मुख्य जिम्मेवारी शरीरमा प्रवेश गर्ने रोगजन्य विषाणु वा सङ्क्रमित कोषहरूको पहिचान गरि नष्ट गर्नु रहेको छ। यी कोषका सतहमा भएका प्रोटिनलाई उपयोग गरेर यिनले विषाणुका सतहमा भएका प्रोटिनमा टाँसिदिन्छन् । प्रत्येक टि-सेल विशेष हुन्छन्, यस्ता सतहमा बन्ने प्रोटिनका खर्बौँ प्रकार हुन सक्छन् र प्रत्येकले खास किसिमका निशानालाई चिन्छन्। ।

कुनै सङ्क्रमणपश्चात् वर्षौँसम्म यस्ता टि-सेल सक्रिय भइरहने हुनाले यिनले शरीरको दीर्घकालीन प्रतिरोधी क्षमतामा सघाउ पुग्छन्। कुनै पुरानो दुश्मनले शरीरमा प्रवेश गर्नासाथ यी चलायमान भएर तत्काल प्रभावकारी प्रतिक्रिया जनाउँछन् । कैयन् अनुसन्धानहरूका अनुसार कोभिड-१९ ग्रसित मानिसहरूमा यस्ता टि-सेलको विकास हुन्छ, चाहे ती लक्षण विहीन हुन् वा नहुन् । तर वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने कतिपय मानिसमा कोभिड-१९ का एन्टी बडी देखा पर्दैनन् तर तिनमा भाइरस चिन्ने टि सेल भने हुन्छ । त्यसैले यो कोरोनाभाइरसविरुद्ध आम मानिसमा कुनै न कुनै प्रकारको प्रतिरोधी क्षमता अहिले नै विद्यमान रहेको सम्भावना पहिले सोचिएभन्दा दोबर बढी छ कि भन्ने आशङ्का गरिएको छ । सबभन्दा अनौठो त के भयो भने महामारी फैलनुभन्दा वर्षौँ अगाडि झिकिएका रगतका नमुनामा समेत कोभिड-१९ पहिचान गर्न सक्ने क्षमता भएका टि सेल पाइए । त्यसले के देखाउँछ भने यो भाइरसले मानिसलाई आक्रमण गर्नुभन्दा पहिले नै कैयन् मानिसको शरीरमा यसलाई पहिचान गरि प्रतिरोध गर्ने क्षमता विद्यमान थियो। र, यो धेरैमा रहेको पाइयो ( यो कोरोनाभाइरस सङ्क्रमण नभएका ४०/६०५ मानिसमा यस्ता कोष रहेको हुनसक्छ । कोभिड १९ विरुद्ध आवश्यक प्रतिरोध क्षमताको यो लुकेको स्रोत हुनसक्छ।

कोरोनाभाइरससँग मानव शरीरको लडाइँमा टि-सेलको केन्द्रीय भूमिकाले किन धेरै उमेरका मानिसलाई यो रोगले घातक असर पुर्याउँछ भन्ने प्रश्नको पनि जवाफ दिनसक्छ । टि-सेलको महत्त्व बुझ्ने विषय अब कुनै प्राज्ञिक चासोमा मात्र सीमित छैन। यदि वैज्ञानिकहरूले कस्तो प्रतिरोध क्षमता प्रभावकारी हुन्छ भन्ने थाहा पाए भने सोही बमोजिमका खोप तथा उपचार विधि पत्ता लगाउन केन्द्रित हुन पाउँछन्।

प्रतिरोध क्षमताले कसरी काम गर्छ?

एड्स रोग भनेको टि-सेलमा लाग्ने रोग हो। एचआइभी भाइरसले मानिसमा रहेका टि सेल नष्ट पार्छन् । टि-सेल वा टि लिम्फोसाइट्सको महत्व बुझ्न हामीले एड्सको अन्तिम चरणमा रहेका बिरामीहरूलाई हेर्न सक्छौँ । निरन्तर ज्वरो, डाबर, थकान, तौल घट्दै जानु, दुर्लभ क्यान्सर आदि। अरूबेला खासै हानिकारक नहुने क्यान्डिडा अल्बिकान्स नामक एकप्रकारको ढुसी (जुन प्रायः छालामा पाइन्छ) ले पूरै शरीर नियन्त्रणमा लिन थाल्छ । महिनौँ वा वर्षौँ सम्म एचआइभी भाइरसले टि-सेल विरुद्ध आमसंहारको अभियान चलाउँछ । साधारण रुघाखोकीका बेला देखा पर्ने सामान्य प्रतिरोध प्रणालीको प्रतिक्रियामा पहिलो मोर्चामा श्वेत रक्त कोष तथा रासायनिक सङ्केतहरू पर्छन् । त्यसले एन्टीबडी निर्माण हुन थाल्छ जो केही साताभित्रै सक्रिय हुन्छन् । ‘सँगसँगै सङ्क्रमण भएको करिब चार वा पाँचदिनपश्चात् तपाइँले टि सेल सक्रिय हुन थालेको पाउनुहुन्छ, र भाइरसले सङ्क्रमित मानव कोष पहिचान गर्ने विशेष क्षमता तिनमा देख्न सकिन्छ,’ किङ्ग्स कलेज लण्डनका इम्युनोलोजीका प्राध्यापक एड्रियन हेडेले भने।

त्यस्ता सङ्क्रमित कोषलाई तत्काल र निर्दयतापूर्ण तरिकाले टि(सेल आफैँले वा प्रतिरोध प्रणालीका अन्य अस्त्र उपयोग गरेर नष्ट पार्छ ताकि भाइरसले ती कोषलाई आफ्नो नियन्त्रणमा लिएर थप भाइरस निर्माण गर्न नसकोस् । उसोभए, टि सेल तथा कोभिड १९ को सम्बन्धबारे हामीलाई के थाहा छ ?

‘कोभिड-१९ का बिरामीहरूलाई हेर्दा (ती बिरामी जो सङ्क्रमित भएपनि अस्पतालमा राख्नुपर्ने अवस्थाका छैनन्) के प्रस्ट छ भने तिनमा टि-सेलले काम गरिरहेको छ,’ हेडेले भने। ‘खोपको विकासमा लागिपरेकाहरूका निम्ति यो निश्चयपनि सुखद खबर हो। किनकी हामीले टि सेललाई यो भाइरस पहिचना गर्न मद्दत गर्नसक्छौँ। त्यो राम्रो हो।’

तर समस्या के छ भने कोभिड-१९ का कारण गम्भीर बिरामी भएकाहरूमा टि-सेलले योजनाअनुसारका प्रतिक्रिया देखाउन नसकेको पाइन्छ । कोभिड- १९ बाट ज्यान गुमाएकाहरूको शरीरको परीक्षण गर्दा टि-सेल कोषहरू नै नष्ट भइरहेको पाइयो । यो भनेको एड्सका बिरामीहरूमा देखापरेको जस्तै समस्या हो। तर एड्सको भाइरसले प्रत्यक्ष टि-सेलमै आक्रमण गर्छ भने कोभिड १९ ले त्यसो गर्दैन । तर किन यसो भइरहेको छ भन्ने बारे यकिन जानकारी उपलब्ध भइसकेको छैन ।

के यसले खोप विकासमा मद्दत पुग्छ?

टि-सेलको भूमिकाले कोरोनाभाइरसको खोपको प्रकृतिमा प्रस्टता दिन सक्छ । हेडे भन्छन् खोपहरूको डिजाइन कस्तो हुन्छ भन्ने विषय सामान्यतया वैज्ञानिकहरूले ती खोपबाट कस्ता प्रतिरोधी प्रतिक्रिया उब्जाउन खोजिरहेका छन् भन्ने कुराले निर्धारण गर्छ । कुनै खोपले एन्टी बडी उत्पादनलाई उत्प्रेरित गर्छन् । त्यस्ता एन्टीबडी भनेको एक खास प्रकारका प्रोटिन पदार्थ हुन् जो शरीरमा प्रवेश गरेका विषाणुमा टाँस्सिएर या त तिनलाई निष्क्रिय पारिदिन्छन् या त प्रतिरोध प्रणालीका अन्य पाटोलाई त्योसँग जुध्नका लागि सहज पारिदिन्छन् ।

कुनै खोपले टि-सेललाई सहभागी गराउन खोज्छन् वा प्रतिरोध प्रणालीका अन्य पाटोलाई सक्रिय पार्न खोज्छन् । ‘वास्तवमा खोपको डिजाइन भिन्न भिन्न प्रकारका हुन्छन्,’ हेडेले भने। मानिसको शरीरका प्रतिरोध प्रणालीले यो कोरोनाभाइरसलाई पहिचान गर्न सकिरहेको कुराले निकै आशावादी बनाएको उनले बताए । ‘त्यसैले गम्भीर बिरामी परेकाहरूको टि-सेलमा यसले पारेको असरलाई हामीले रोक्न सक्यौँ भने यो रोग नियन्त्रणको दिशामा थप अघि बढ्नेछौँ,’ उनले भने । लाग्छ भविष्यमा हामीले टि-सेल बारे अझ धेरै चर्चा सुन्न पाउनेछौँ ।

जारिया गर्बेट
बीबीसी फ्युचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय संवादमा २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै