आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर नेताहरुलाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्यपूर्णः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार बिहान समामाजिक संजाल फेसबुकमार्फत कोइरालाले नेताहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णय दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो । उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’

पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

जोशीले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न आह्वान

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५

दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४