अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गरेका छन् । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न पनि आग्रह गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौंः १.संसद अधिवेशन बोलाउँ २.केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउँ ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं ५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड’

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको