‘दुलारी’ पढ्दा



डा. गोविन्दशरण उपाध्याय ।
मधेसकी रैथाने वासिन्दा मुना चौधरीले नेपाली भाषामा लेखेको “दुलारी” उपन्यासले मन छोयो | यो पढ्दा तराईका रैथाने वासिन्दाहरूका बिचमा रहेको चरम गरिवी, छुवाछुत, भाषागत समस्या, गरिवी, जातीय विभेद र शिक्षासंग गरिएको लापरवाही सबै छर्लंग हुन्छन् |
यो कितावले तराईको राजनैतिक मूलधारले आज पनि मुसहर, डोम, चमारजस्ता जाति विरुद्ध भैरहेका अत्याचार बुझ्न र तेहाका राजनैतिक शक्तिहरूले तेसप्रति गरेको चरम अनदेखापन प्रष्ट भएको छ | मैले आफैले परिक्षामा नक्कल गराउनेहरूको हुल देखेको छु, खुवै छुवाछुत विरुद्ध भाषण छाट्ने गिरहतहरूले घरमा थाल खोरमा राख्न लगाएको देखेको छु |

जसरीतसरी कक्षा १० पास गरे पनि दुलारीको लागि त्यो शिक्षा कुनै काम नलागेको पढेर मन खिन्न हुन्छ | शिक्षा काम नलाग्ने छ कि स्थानीय समुदायले शिक्षाको महत्व बुझ्न नसक्दा कागजलाई नै शिक्षा ठान्ने र त्यो प्राप्त गर्न नक्कल गर्ने प्रबृत्तिले तेस्तो भएको हो ? मनमा कुरा खेल्छन् |
एउटी थारुकी छोरीले छुवाछुत विरुद्ध लेखिन् अव मधेसी मुलधारका हौँ भन्ने राजनैतिक दलले चरमछुवाछुत विरुद्ध के-कस्तो साझा कार्यक्रम ल्याउँछन्, धेरै दुलारीहरूले पर्खेर वसेका छन् |

म आफैमा प्रष्ट छु – नेपालका लागि राजनीति गर्ने दलले जवसम्म छुवाछुतको विभेदलाई समाप्त पार्ने व्याबहारिक दर्शन तयार पार्न सक्दैनन् तवसम्म छुवाछुत जीवित रहने छ र छुवाछुत जीवित रहेसम्म दुलारीहरूले दु:ख पाइरहने छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।

ओलीलाई देउवाको प्रश्नः गिरीबन्धु टी–स्टेटको जग्गा आफू बिक्री गर्ने अनि कांग्रेसलाई आरोप लगाउने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको

प्रतिनिधिसभाको बैठक अपरान्ह चार बजेलाई सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । आज

गृहमन्त्रीलाई बोल्न समय दिन्छौं भन्दा रवि र एमालेले त्यसलाई अवज्ञा गरेको शेखरको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने