‘दुलारी’ पढ्दा
डा. गोविन्दशरण उपाध्याय ।
मधेसकी रैथाने वासिन्दा मुना चौधरीले नेपाली भाषामा लेखेको “दुलारी” उपन्यासले मन छोयो | यो पढ्दा तराईका रैथाने वासिन्दाहरूका बिचमा रहेको चरम गरिवी, छुवाछुत, भाषागत समस्या, गरिवी, जातीय विभेद र शिक्षासंग गरिएको लापरवाही सबै छर्लंग हुन्छन् |
यो कितावले तराईको राजनैतिक मूलधारले आज पनि मुसहर, डोम, चमारजस्ता जाति विरुद्ध भैरहेका अत्याचार बुझ्न र तेहाका राजनैतिक शक्तिहरूले तेसप्रति गरेको चरम अनदेखापन प्रष्ट भएको छ | मैले आफैले परिक्षामा नक्कल गराउनेहरूको हुल देखेको छु, खुवै छुवाछुत विरुद्ध भाषण छाट्ने गिरहतहरूले घरमा थाल खोरमा राख्न लगाएको देखेको छु |
जसरीतसरी कक्षा १० पास गरे पनि दुलारीको लागि त्यो शिक्षा कुनै काम नलागेको पढेर मन खिन्न हुन्छ | शिक्षा काम नलाग्ने छ कि स्थानीय समुदायले शिक्षाको महत्व बुझ्न नसक्दा कागजलाई नै शिक्षा ठान्ने र त्यो प्राप्त गर्न नक्कल गर्ने प्रबृत्तिले तेस्तो भएको हो ? मनमा कुरा खेल्छन् |
एउटी थारुकी छोरीले छुवाछुत विरुद्ध लेखिन् अव मधेसी मुलधारका हौँ भन्ने राजनैतिक दलले चरमछुवाछुत विरुद्ध के-कस्तो साझा कार्यक्रम ल्याउँछन्, धेरै दुलारीहरूले पर्खेर वसेका छन् |
म आफैमा प्रष्ट छु – नेपालका लागि राजनीति गर्ने दलले जवसम्म छुवाछुतको विभेदलाई समाप्त पार्ने व्याबहारिक दर्शन तयार पार्न सक्दैनन् तवसम्म छुवाछुत जीवित रहने छ र छुवाछुत जीवित रहेसम्म दुलारीहरूले दु:ख पाइरहने छन् |