नेकपाको सचिवालय बैठक पनि निष्कर्षबिहीन



काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक निष्कर्षबिहीन भएको छ । शनिबार बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेको उनले बताए ।

उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए । प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको जानकारी दिए । बैठकअघि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । नेकपामा ओलीको प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि विवाद चूलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण

काठमाडौँ । तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप

उपलब्धि रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुनसक्छः प्रचण्ड

  तुलसीपुर (दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले