नाँच्न नजान्ने, आँगन टेढो ?



बिनोद पौड्याल ।
आफू नाच्न नजान्ने तर आँगन टेढो देख्ने रोगले ग्रस्त छन् देशका कार्यकारी प्रधानमन्त्री केपी ओली । सत्तारुढ नेकपाका एक अध्यक्ष समेत रहेका ओली आफ्नो ईच्छा बिपरीत नै एक सातादेखि पार्टीको स्थायी समिति वैठकको सामना गरिरहेका छन् । र, स्थायी समिति वैठक अहिले देशको दशा बनिरहेको कोभिड -१९ र जनताका तमाम समस्यामा होईन, केपीओलीका बेमौसमी बोलीहरुको समीक्षामा केन्द्रित भएको छ ।
मंगलबारको वैठकमा अर्का अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित १८ जना स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिको जमेर आलोचना गरे । सकमक्षी प्रचण्डले त भारतले होईन, आफूले प्रधानमन्त्रीको राजीनामा मागेको घोषणा गरे । प्रचण्ड कथनमा गौतम, नेपाल र खनालले पनि पूर्ण समर्थन जनाए ।

नयाँ नक्शा जारी गरेपछि आफूलाई भारतले हटाउन खोजेको भनी प्रधानमन्त्री ओलीले केही दिन अघि मदन जयन्तीमा व्यक्त गरेको विचारले नेकपाको स्थायी समिति वैठकलाई नै तरंगित गरेको छ । अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले नामक दललाई पुनः व्यूँताउन खोजेको भन्दै ओलीसंग स्पष्टीकरण नै मागेका छन् । तर ओली आफ्ना आलोचक र राजीनामा माग्नेहरुसंग टसको मस भैरहेका छैनन् । वैठकमा उठेका प्रसंगहरु हुबहु भारतीय मिडियामा कसरी आए भन्ने प्रतिप्रश्नहरुका साथ ओलीले उल्टै आलोचकरुको मुख थुन्ने असफल प्रयास गरेका छन् ।

वैठकमा उठेका प्रसंगहरु हुबहु भारतीय मिडियामा कसरी आए भन्ने प्रतिप्रश्नहरुका साथ ओलीले उल्टै आलोचकरुको मुख थुन्ने असफल प्रयास गरेका छन् ।

हजार प्रयत्न गर्दा पनि एमसीसी संसदबाट पास गराउन नसकेका ओलीले सुशासनमा शानदार शून्य उपस्थिति जनाईरहेका छन् । कोभिड १९ को कहरमा जनतालाई ९० दिनसम्म थुनेर उनले केवल निराशा र समस्याको बिस्कुन लगाईदिए । कात्रोमा पनि गोजी खोज्ने शैलीमा स्वास्थ्य सामाग्रीहरुको खरीदमा ओली सरकार भ्रष्ट देखियो । जनता लकडाउनमा बन्द गरिए, ओली सत्ताका मन्त्रीहरुले भ्रष्टाचारको नयाँ कीर्तिमान बनाईरहे । हुँदा हुँदा नेपाली सेनालाई समेत ओम्नी समूहको पर्याय बनाएर भ्रष्टाचारलाई बढवा दिने र सेनालाई बदनाम गर्ने, गराउने दुष्कर्म ओली शासनमा भैरहेको, बढिरहेको छ ।

सरकारले पार्टी होईन, पार्टीले सरकार चलाउने सामान्य राजनीतिक मान्यतालाई अस्वीकार गर्दै ओली आफू अघि अघि र पार्टी पछि पछि लगाईरहेका छन् । तर पनि उनी सरकारको भ्रष्ट मती र सुस्त गतिका कारण पार्टी जनताका माझ कमजोर र अलोकप्रिय हुदै गएकोमा चिन्तित छैनन् । नेपाली जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सत्तामा पुर्याए र नेकपाले आफूलाई प्रधानमन्त्री बनायो भन्ने तथ्यवोध गर्न हिच्किचाउदैछन् उनै ओली । भारतीय राजदूतावासले चलखेल गरेर, राजावादी हिन्दूवादीहरुले होटलहरुमा वैठक गरेर कसरी नेकपाको दुई तिहाई बहुमतको सरकार ढल्छ ? यो प्रश्नको सपाट उत्तर छैन ओलीसंग ।

अनि, आफ्नो टेष्टेड भैसकेको पुरानो राष्ट्रवादी कार्ड फ्याँक्दै ओली भारतले आफूलाई सत्ताबाट हटाउन खोजेको हावादारी हुँकार दिन्छन् । के नेपाली जनताको मतादेश भारत भन्दा शक्तिशाली होईन ? नेपाली जनताको मतादेशको जगमा बनेको नेकपाको सरकारका प्रतिनिधि मात्रै हुन ओली प्रधानमन्त्रीका रुपमा । तर उनी आफ्ना शासकीय कमजोरीहरुको ढाकछोप गर्न भारतलाई गाली गरेर आफू पानीमाथिको ओभानो हुने घृष्टता दर्शाउदै छन् । यसैलाई भन्छन् शायद आफू नाच्न नजान्ने आँगन टेढो देख्ने ।

भारतीय राजदूतावासले चलखेल गरेर, राजावादी हिन्दूवादीहरुले होटलहरुमा वैठक गरेर कसरी नेकपाको दुई तिहाई बहुमतको सरकार ढल्छ ? यो प्रश्नको सपाट उत्तर छैन ओलीसंग ।

केपी ओलीको शासन सत्ता असफल हुन केही बाँकी छैन अब, जनताका नजरमा । तर नेकपाका धेरै नेताहरु ओलीको खेताला हुदैमा, ओलीकै सति गएर, नेकपाको लामो बिरासतलाई बिसाउने भुलभुलैयाबाट निस्कन थालेको आभाष दिलाउदै छन अहिले असफल ओली सरकारको राजीनामा मागेर । यो ओली व्यक्तिको होइन, जनचाहना नबुझ्ने र जनताको पक्षमा सिन्को नभाच्ने कमजोर सरकारको पतनको माग हो, जनताले सडकबाट मागेका, स्थायी समिति सदस्यहरुले वैठकमा मागेको ओलीको राजीनामा । तर के ओलीको राजीनमा साँच्चै आउला वा उही जनतालाई भुलभुलैयामा पार्ने असारे बेसारे खेतीमा सीमित होला ? यो नै जनताले जान्न चाहेको चुरो कुरो हो ।
लेखक पौडेल न्यूज नेपाल टेलिभिजनका समाचार प्रश्तोता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ