प्रधानमन्त्रीज्यू, नक्सा र राष्ट्रवादलाई तुच्छ स्वार्थका निम्ति ढाल नबनाउनुहोस् !



नारायण गाउँले ।

ओलीजी,
नक्सा र राष्ट्रवादलाई तुच्छ स्वार्थका निम्ति ढाल नबनाउनुहोस् ! तपाईंको पछिल्लो अभिव्यक्तिले पदको गरिमा र मर्यादा मात्र गुमेको छैन, देशलाई अपूरणीय कूटनैतिक क्षति पुगेको छ ।
तपाईंलाई भूमि फिर्तासँग होइन, देशका गम्भीर मुद्दा र समस्यासँग होइन, आफ्नो कुर्सीसँग मात्रै मोह छ भन्ने स्पष्ट देखिन्छ र जग्गा फिर्ता आउन सक्ने कूटनैतिक ढोकाहरू आफै बन्द गर्न तम्सिनुभएको छ ।
हामीलाई गुमेको भूमि चाहिएको हो, कसैको कुर्ची बचाउन कुनै देशसँग सोझो द्वन्द्व या दुश्मनी चाहिएको होइन ।

नक्सालाई ढाल बनाउनुअघि यत्ति त याद गर्नुहोस्:

संसदीय समितिले एकमतले नक्सा सच्याउन दिएको निर्देशन तपाईंले ‘भूमि फिर्ता ल्याउने हो, नक्सा त केही पनि होइन’ भनेर धेरै महिना टार्नुभो ।
नक्सा सार्वजनिक गर्न सदनदेखि सड़कसम्मको तीव्र दबाब थियो, समर्थन थियो ।
सरिता गिरी प्रधानमन्त्री बन्ने सम्भावना छैन । अन्यले त तपाईंले जस्तै नक्साको पक्षमा भोट दिएकै हुन् ।
तपाईंमाथि सच्चिन या ठाउँ खाली गर्न दबाब शुरू भएको नक्साका कारण होइन, नक्साभन्दा धेरै अघि राष्ट्रपति भन्ने संस्थालाई खेलौना बनाएर लहड़मा ल्याएको अध्यादेशका कारण हो । पूर्व प्रहरी र सांसदलाई लकडाउनकै बीचमा मान्छे उठाउने धन्दामा लगाउने तपाईंको निकृष्ट खेलका कारण हो ।

सबैलाई जोडेर कोभिड़का आर्थिक, सामाजिक र स्वास्थ्यगत समस्याहरूसँग लड्नुपर्ने बेला पार्टी फुटाउने धन्दामा लाग्ने, खरिदलगायतका अनियमिततालाई आफै ढाकछोप गर्ने र मैंमात्रै सर्वज्ञ हुँ भन्ने अहङ्कार पाल्ने स्वभावले गर्दा हो ।

लोकतान्त्रिक दलको अध्यक्ष हुँ भन्ने र दलको बैठक बोलाउन समेत नदिने, बल्लबल्ल आयोजित बैठकमा एकोहोरो आत्मप्रसंशा मात्रै गर्ने र अरूलाई नसुन्ने तानाशाही प्रवृत्तिले गर्दा हो ।

सबैभन्दा ठूलो कुरो, कुरो मात्रै गर्ने तर काम नगर्ने तपाईंको दिक्कलाग्दो चरित्र र चर्को भाइभतिजावाद हो ।

आफू पढ्दै नपढ्ने तर अरूलाई नपढेको आरोप लगाउने तपाईंको बानीले हो । एमसिसीमा तपाईंले पचास अर्बको ठाउँमा पाँच सय अर्ब आउँदै छ भनेर झुटो तथ्याङ्कमा भाषण गर्नुभो तर यसको विरोध गर्नेहरूलाई पढ्दै नपढेको आरोप लगाउनुभो । तपाईंले आजसम्म कुनै एउटा गम्भीर विषयमा तथ्यपूर्ण मन्तव्य दिनुभएको छैन ।

तपाईंका सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि उठेको त्यत्रो भ्रष्टाचारको मुद्दालाई तपाईंले छानबिनसम्म हुन दिनुभएन । उल्टो त्यो अडियो नै नक्कली भएको भाषण गर्नुभो ।

अहिले त सार्वजनिक खरिद ऐन नै सच्याएर आफू खुशी सोझै खरिद गर्न पाउने संशोधन संसदमा ल्याउन कस्सिनुभो ।

वाइडबड़ीबारे संसदीय समितिले गरेको अध्ययनलाई तपाईंले स्वीकार गर्नुभएन । आफूखुशी आयोग बनाउनुभो । उसको म्याद सकिएको दुई वर्ष भयो । तलबभत्ताबाहेक त्यसले के प्रतिवेदन दियो भन्ने कहिल्यै सार्वजनिक गर्नुभएन ।

प्रधानमन्त्रीज्यू, लेखेर नसकिने कारणहरू छन् जसलाई तपाईं एउटा नक्साले छेक्न खोज्दै हुनुहुन्छ । तपाईंकै दलका अधिकांश सदस्यको असन्तुष्टिलाई ‘दिल्ली’सँग जोडेर तपाईंले आफ्नै सहकर्मीलाई दलालका रूपमा प्रस्तुत गर्नुभएको छ । मानौं प्रचण्डदेखि माधव नेपालसम्म भारतीय दलाल हुन् र तपाईं एक्लो राष्ट्रवादी हुनुहुन्छ । देशकै अस्तित्व र स्वाभिमानमाथि पनि यो गहिरो प्रश्न हो ।

र, राष्ट्रवाद भनेको के हो ? तपाईंलाई थाहा होला नै, राष्ट्रवाद भाषण र उत्तेजना होइन । यो त कूटनैतिक चातुर्य र साधनस्रोतको अधिकतम सदुपयोग गर्दै राष्ट्रिय स्वार्थको संरक्षण हो, जथाभावी बोलेर कुर्सीको संरक्षण होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल