देशलाई क्युवा जस्तो बनाउने वा प्यालेस्टाइन जस्तो ?



डा. युवराज संग्रौला ।
हामीले नेपालको विकासलाई अब सुत्रबद्ध गर्ने कुरालाई ध्यान दिनु पर्ने आएको छ ।

१. अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे । अर्थतन्त्र ध्वस्त भयो । जब युद्ध समाप्त भयो, उनीहरुले उत्पादनको अभियान चलाए । छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो । सम्पूर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो । कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो । एक समय भारतको कटन बजारले बिश्वको ८५ प्रतिसत माग पूरा गर्थ्यो।जब अमेरिकी कटन उत्पादनले बजार समात्यो, भारतीय कटन १५ प्रतिशतमा झर्यो । शशी थरुरको किताब हेर्नुहोस् । एकातिर कृषिले अमेरिका बनायो अर्कातिर उपनिवेशले भारत सिध्यायो । हाम्रा केही मन्त्री सधैं विदेशी लगानीको कुरा गर्छन् । अर्काको धनले धनी हुइन्न ।

२. चीनको विदेशीले हुर्मत काढेका थिए । अफिम खुवाएर नागरिक समाप्त । ऋृण दिएर सरकार ध्वस्त । घुस दिएर कर्मचारी जति विदेशी एजेन्ट । १९११मा माओले पेकिङ्ग विश्वविद्यालयमा पढिरहेका चाओ एन्लाइलाई भने। “रास्ट्रपति को राम्रो को नराम्रो, र कसलाई हटाउने र कसलाई राख्ने“ कुरा अहिले चीनको समस्या समस्या समाधान गर्ने उपाय होइन । उनले भने “जब देश विदेशीले खोक्रो पारेका हुन्छन्, मानिस निरासाको रोगबाट ग्रस्त हुन्छन् । त्यसैले अब चीनलाई बदल्नु पर्छ। गाउँका किसानलाई जगाउनु पर्छ। किसानलाई देश बनाउने तपाइँहरुले नै हो भनेर बताउनु पर्छ।“

३. जब चीनमा क्रान्ति सम्पन्न भयो । देश लथालिङ्ग थियो । उत्पादन थिएन । बाल मृत्यु, सुत्केरी मृत्यु, रोगब्याधी, गरीबी र अराजकताले चीन ग्रस्त थियो । चाओलाई माओले भने “ समाज रोग निको पारेपछि मानिसको दिमाग स्वस्थ हुन्छ । अतः समाजको सुधार र उत्पादनको अभियान साथसाथै लैजानु पर्छ।“ गाउँमा कृषि पाठशाला र कृषि उत्पादनसँगै अभियानका रुपमा अघि बढ्यो । किसानहरुलाई तालिम दिइयो। कृषिमा आमूल परिवर्तन भयो।

४. कोरियाले औद्योगिकरणमा जानू पहिला कृषिलाई आधुनिकीकरण गर्यो । क्युवाले संसारलाई पुग्ने चिनी उत्पादन गर्यो । रसियालाई चिनी दिएर तेल किन्यो । संसारबाट स्वयंसेवक बोलाएर कृषि उत्पादन बढायो ।

५. जुन देशले कृषि उत्पादनलाई नजरन्दाज गर्छ, त्यो कहिले पनि माथी जाँदैन । नेपालको हालत अहिले कमजोर छ।

हामीले देश बनाउने समय बर्बाद गर्यौं। हामीले हाम्रो २०० बर्ष लामो अपमानित इतिहासलाई बदलेर स्वाभिमानको निर्माण गर्ने कुरालाई बेवास्ता गर्दै आयौं । हामीलाई आधा नेपाली हुँदा गौरव भयो । हामीले हाम्रो इतिहासको निर्माण गर्ने मानिसको अपमान गर्यौं । आज पनि इतिहास कलंकित छ । अब देश बनाउने सोचको निर्माण हुनुपर्छ । हाम्रा हातहरु सिर्जना गर्छन्, हातलाई दिमागले चलाउनुपर्छ । त्यसैले नयाँ सोचको विकास गरौं ।

क. हाम्रो इतिहासको पुनर्निर्माण गरौं । राजा एल्म्बरबाट नेपालको पहिचान बन्यो । उनको सम्मान हुनुपर्छ। राजा अंशुबर्माले मौखरीहरुलाई हराए र नेपालको नयाँ इतिहास निर्माण गरे । राजा नरेन्द्रदेवले मगघ र चीनसँग सम्बन्ध गाँसेर नेपालबाट रेशममार्ग चलाए । उनको पनि सम्मान हुनुपर्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे उनको पनि सम्मान हुनुपर्छ । बंशु गुरुङलेले किन्लोकलाई हराएर नेपालमा ब्रिटिसलाई पस्न दिएनन् । उनको पनि सम्मान हुनुपर्छ। पश्चिमको किल्लामा उपनिवेशका बिरुद्ध लड्ने भक्ति थापा, अमर सिंह थापा, बलभद्र कुवँर, रन्जोर सिंह थापा लगायतका सबै सहिदहरुको इतिहास लेखिनु पर्छ ।

ख. देशको सम्मान र समाजको परिवर्तनका लागि गीत गाउने कविता लेख्ने रामेस, मन्जुल, गोकुल जोशी, हरिभक्त रिमाल, बुँद राना, युद्धप्रसाद मिश्र थुप्रै आहिलेसम्म बेवास्ता गरिएका सबै प्रतिभा र श्रष्टाको इतिहास इज्जत र सम्मान हुनुपर्छ ।

ग. आफनो क्षेत्रमा नेतृत्व गर्ने जस्तै वकिलका कृष्णप्रसाद भण्डारी र शम्भु प्रसाद ज्ञवाली जस्ता डाक्टरका मथुरा श्रेष्ठ जस्ता सबै क्षेत्रमा मुर्धन्यहरुको सम्मान हुनुपर्छ । तर त्यसो गर्न पहिला त्यस्तो समाजको निर्माण गर्ने बिचारको खेती गर्नुपर्छ। बिचारको तागत हजारौं सैनिकको भन्दा शक्तिशाली हुन्छ ।

घ. अब हरेक नेपालीले कृषिको आन्दोलन निर्माण गर्नुपर्छ । एमसीसकिा कुरा गर्ने, विदेशी लगानीका गफ गर्ने गफाडीहरुलाई तिमी विदेशीले किनेका मानिस हौ भन्ने बेला आयो। पाँच बर्षमा देशलाई चाहिने सबै किसिमका खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाऔं । अर्को पाँच बर्षमा कृषिमा आधारित उद्योगहरुको निर्माण गरौं । तब मात्र विदेशी लगानी आउला ।बिदेशी लगानी आउनु पुर्व देश लुट्ने, कमिसनतन्त्र चलाउने र नेपालीका नाममा नेपाल लुट्ने माफिया र तिनका मालिकहरुलाई फ्याँक्न सक्नुपर्छ।

ङ. राष्ट्रियता बिनाको विकास शोषण र दलालीको स्वरुप हो । अमेरिकाले “पहिला अमेरिका“ भन्दा हुने हामीले किन मेरो राष्ट्र भन्दा दूतावासका भात खानेहरुले उग्र राष्ट्रवादी भन्ने । हो हामीले राष्ट्रवादी हुनैपर्छ । तर राष्ट्रवादी भनेको राजावादी होइन । राजा होइन राष्ट्रवादीले जनता बोक्छ । असल राजाको पनि सम्मान त हुन्छ ।

च. अब सेनाको संख्या २ लाख ५० हजार पुर्याउनु पर्छ । सैनिक ब्यारेकहरुलाई उत्पादनका केन्द्र पनि बनाउनुपर्छ । सेना भित्र उत्पादन बृगेडको निर्माण हुनुपर्छ । लड्ने र उत्पादन गर्ने दुबै थरीको नेतृत्व सेनाले २० बर्षसम्म गर्नुपर्छ ।

छ. विश्वविद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवामा प्रयोग गरि शिक्षालाई व्यवसायीकरण र रोजगारी दुबैसँग जोडनुपर्छ ।

ज. निर्माणका लागि राष्ट्रिय निर्माण प्राधिकरणको निर्माण गर्नुपर्छ ।

अहिले देशका समस्या भनेका टपरटुइयाँ गफाडी हुन्, जसका डिग्री छन् तर ज्ञान र विज्ञान होइन अल्प ज्ञानको रोगमात्र छ । यिनैले राज्य पनि समातेका छन्, यिनकै हातमा राजनीति पनि छ। यस समूहमा आफुलाई इमान्दार देखाउने गफाडी र राज्य दुहुने छ्ट्टु पनि छन् । अब अरुलाई होइन आफैंलाई चिनौं । अब हामीसँग दश बर्षको समयमात्र छ । अहिले नै सोच्न नथाल्ने हो भने देश रहने छैन । देशलाई क्युवा जस्तो बनाउने वा प्यालेस्टाइन जस्तो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेन भन्छन्-संसदमा उभिएर गालीगलौज र बार्गेनिङ गर्ने कोसिस त बर्षौंदेखि चलेकै छ, त्यो तिनलाई नै छोडिदिउँ, जनता काम गर्नेका पक्षमा सँधै छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम

संसदमा कांग्रेसको नाराबाजी, बैठक अवरुद्ध

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको

अरुलाई मिथ्या आरोप लगाएर आफू उम्किने प्रयास नगर्न गृहमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।