पूर्वराजाको सन्देशको अर्थ



दुःखमा छ देश, दिल दुखेको छ, पूर्वराजाको । जसै विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणले नेपाललाई गाँज्यो, तबदेखि दुःखमाथि दुःखमा छ देश, दुखी छन् जनता । रोग र भोकको चिन्तामा परेका छन् धेरै गरिखाने वर्गका जनता । त्यहीजनताको दुःख गहिरोसंग दुखेको छ पूर्वराजा ज्ञानेन्द्र शाहलाई । त्यसैले यो वर्षको जन्मदिन मनाएर कुनै हर्षबढाई गर्नु छैन, पूर्व राजालाई । र , विज्ञप्तिबाट नै उनले भनिदिए म दुःखी जनताका साथमा छु, जन्मोत्सवमा भोजभतेर गर्नु छैन मलाई ।

पूर्व राजा शाहको असार १० मा आएको लिखित सम्बोधनको पहिलो सन्देश हो, पूर्वराजा कोभिड १९ पीडित आमनेपाली र विश्वभरका जनताका साथमा छन, संगैछन् । समस्त मानव जातीका लागि अदृश्य दुश्मन बनेको कोभिड १९ विरुद्ध लड्न पूर्वराजा तयार छन्, जनतासंगै । उनले आमजनताले बुझ्ने गरी सरल भाषा शैलीमा यो सन्देश दिएका छन् । जनताका लागि आफ्ना कुरा बोलिदिने पात्र पूर्वराजा शाह भएका छन् ।

देशभर कोभिड १९ को कहरले जनता कक्रक्क परेका बेला राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा शीर्ष नेताहरुका लागि रात्रीभोजको आयोजना गर्नु र पूर्व राजा शाहले कोभिड १९ पीडित जनताको सम्मानमा जन्मोत्सव मनाउने कार्यक्रम नै रद्ध गर्नु एउटा संयोग नै हुन सक्छ । तर यो दुःखमा परेका जनताका लागि अहिले व्यवस्था र सरकार तथा राष्ट्रपति र पूर्वराजाको सदिच्छा तुलना गर्ने एक अवसर नै हो । गणतन्त्र दलका नेताका लागि सीमित भएको आम आलोचना जनमानसमा भैरहेका बेला पूर्वराजाको जनतासंग मिसिने र उनीहरुकै पक्षमा बोल्ने साहस उनी जनमैत्री र जनपक्षिय रहेको नयाँ उदाहरण हो ।

पूर्वराजाको सन्देशमा एकताका लागि अपील गरिएको छ । मेलमिलापको प्रस्ताव गरिएको छ । निषेधको राजनीति नगर्न वर्तमान सत्ताका हिमायतीहरुलाई शालिनतापूर्वक अनुरोध गरिएको छ । बिगतका गल्ती कमजोरीबाट पाठ सिक्न र नयाँ परिस्थितिमा नयाँ समझदारी गरेर अघि बढ्न पनि पूर्वराजा शाहद्वारा अपील गरिएको छ । पूर्वराजाको यो अपील नामै नलिईकन काँग्रेस र वामपन्थी दलहरुका लागि पूर्वराजाको तर्फबाट एक नयाँ प्रस्ताव नै हो ।

पूर्वराजा शाहले कसैको कमजोरीको उछितो काढेर होईन, भविष्यको सन्ततीका लागि बिगतका सबै तीतामीठा भुलेर नयाँ रुपमा अघि बढ्न ठूलो छाती बनाउन सबैलाई आग्रह गरेका छन् । सत्ता छोडेर नागरिक बनेपछि लोकप्रिय बन्दै गएका राजाले अप्रत्यक्षः जनआन्दोलन २०६३ मा आफूसंग तत्कालिन सात दलले गरेको समझदारीको खोजी पनि गरेका छन् । राजसंस्थालाई बदनियतपूर्वक हटाउनु भुल थियो भनेर उनले दलहरुलाई पुनः स्मरण गराएका छन् । तर पनि बिगत भुलेर भवियका लागि सबैलाई आआफनो हैसियत अनुसार एकतावद्ध भएर अघि बढ्न उनले आव्हान गरेका छन् ।

पूर्वराजा शाहले कोभिड १९ राहत कोषमा आफ्ना तर्फबाट २ करोड दान गरेको र सरकार स्वास्थ्य सामाग्री खरीद प्रकरणमा आर्थिक अनियमितताका प्रसंगहरुमा सडकदेखि सदनसम्म नराम्ररी बिबादित भैरहेका बेला पूर्व राजा शाहले आम जनताले घर घर र बस्ती बस्तीबाट बोलिरहेका बोली, गरिरहेका गुनासा र सरकारविरुद्ध ओकलीरहेका आलोचनाहरुलाई आफ्नो सन्देशमा लिपिवद्द गरेका छन् । यस अर्थमा उनको पछिल्लो वक्तव्य जनताको बोली बन्न पुगेको छ । पूर्वराजा शाहको वक्तव्यमा उठाईएका सीमा समस्यादेखि अन्य कुनै पनि हरेक विषय जनताका आम गुनासा नै हुन् ।

नेपालको सत्ता राजनीतिलाई यो वक्तव्यले राजा र राजसंस्थालाई पुनः बहसको विषय जरुर बनाउने छ । तर जनताको बोली बोलेका कारण पूर्वराजालाई यो वक्तव्यले फेरि चर्चाको शीर्ष स्थानमा भने पुर्याएको छ ।

नयाँ नक्शा जारी पछि संसदलाई सम्बोधन गर्दा नेकपाका एक अध्यक्ष प्रचण्डले राजतन्त्रको चर्को आलोचना गरेका थिए भने पूर्वराजा शाहले कोरोना कोषमा २ करोड दाखिला गर्दा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली वालुवाटारमा झसंग र शसंकित भएका थिए ।
अहिले पूर्वराजा शाहले जनजनले बुझ्ने गरी कसैलाई होचोनिचो नदेखाईकन पनि जनताको बोली बोलेका कारण पनि यो विज्ञप्ति तरंगले नेकपाको जारी स्थायी समिति वैठक, सत्ता राजनीति र हरसामाजिक तप्कालाई केही समय तरंगित गरिरहनेछ ।

पूर्वराजा ज्ञानेन्द्रको प्रश्नः हाम्रो स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद उत्पन्न हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय