के अब बदलिएला त भारतको छिमेकी नीति ?



हातहतियार र गोलीगठ्ठा बिनाको भिडन्तमा नै सोमबार २० सैनिक मारिएको अप्रत्याशित झट्कापछि वीरगति प्राप्त गर्ने सैनिकका सम्मानमा उनीहरूका परिवारजन र देशवासीलाई अश्वस्त पार्ने प्रयास गर्दै बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने सैनिकको बलिदान खेर जाँदैन भन्ने उद्घोष गरे । तर उद्देश्यबिहीन पछिल्लो झडप र क्षति किन भयो भन्नेमा उनी चुपचाप देखिए । सार्वजिनक रूपमा देखिने गरी जनता र मिडियाका सामु धेरै नै मीठा कुरा गर्न र भित्र भित्र भने क्रुर र निर्दयी स्वभावका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घट्नापछि सबै प्रान्तका मुख्यमन्त्री, गभर्नरलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्दै भारतले जुनसुकै परिस्थितिमा एकइन्च जमिनको रक्षागर्ने र देशको आत्मसम्मान बढाउने प्रण दोहोर्याए । चिनियाँ क्षेत्रमा भारतीय सेना किन प्रवेश गरेर भिडन्त भयो भन्नेमा उनी चुप रहे । सैन्य क्षतिबाट उत्पन्न हुन सक्ने असन्तुष्टीलाई मत्थर पार्न मात्रै मोदी सम्वोधन केन्द्रित थियो ।

प्रधानमन्त्री मोदीको उक्त घोषणा स्वयंममा सफेद झुट नै थियो । किन की, दुई सेनाबीच उच्च कमान्डरस्तरीय छलफलको सहमति उल्लंघन गरी पछिल्लो भिडन्तको सूत्रधार र कारक स्वयं भारत थियो । भारतीय सेनाले सोमबार पूर्वसहमति उल्लंघन गर्दै गैरकानुनी रूपमा लाइन अफ एक्च्यूअल कन्ट्रोल पार गरी चिनियाँ सैनिकलाई उक्साएर आक्रमणका लागि बाध्य बनाएका थिए । यहीकारण दुवै पक्षबीच भारतीय सेनाका तर्फबाटै भिडन्त निम्त्याएको थियो । चीनले अग्रमोर्चामा रहेका सैनिकलाई कडाइकासाथ प्रतिबन्ध लगाउन, उल्लंघनकारी र उत्तेजक कारबाही रोक्न र एकपक्षीय कारबाहीबाट टाढा रहन भनेका कारण नै अपेक्षाकृत भारततर्फ कम क्षति भएको थियो ।

पहिला निहुँ खोजेर पछि अकल्पनीय मानवीय क्षती भएपछि नै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रियताका भावुक कुरा गरेर देशवासीको मन जित्न कोशिस गरेका थिए । उक्त घटना दुई देशको सीमामा नभइ चीनतर्फको क्षेत्रमा भएको तथ्यले नै भारतीय सेनाले सीमा नाघेको र पहिले बिबाद सुरू गरेको स्पष्ट नै छ । भारतीय सेनाले पहिले सीमा रेखा पार गरेर चीनलाई झडपका लागि उक्साएको र पछि उल्टै चिनलाई जिम्मेवार देखाउन गरेको कोशिसको कुनै तार्किक बचाउ प्रधानमन्त्री मोदीले गर्न सकेनन् ।

इतिहासदेखि नैगलवान उपत्यकाको संप्रभुता सधैँ चीनसँग सुरक्षित रहेको तथ्यलाई ढाकछोप गर्ने र भारतको मानवीय क्षतिबाट देशवासीमा उत्तेजना नथपियोस् भन्नेमा प्रधानमन्त्री मोदीको सम्बोधनको जोड देखिन्थ्यो । भारतीय सैनिकले सीमा सम्बन्धी प्रोटोकलहरू र दुई देशबीच भएको पूर्व सहमतिको गम्भीर उल्लंघन नगरेको भए घटना नै नहुने कुरालाई प्रधानमन्त्री मोदीले सम्बोधनमा उल्लेख नै नगरी भारतका कमजोरीहरू ढाकछोप गर्न पुरै कोशिस गरे । जुन ६ मा भारतीय र चिनियाँ सेनाका लेफ्टिनेन्ट जनरलस्तरको वार्ताको सहमति अनुसार सीमा क्षेत्रबाट क्रमशःसैनिक हटाउँदै लैजाने सहमतिका आधारमा भारतले चिनियाँ भूभागमा प्रवेश नगरेको भए पछिल्लो घटना हुने संभावना नै हुने थिएन, तर त्यो तथ्य र सत्यमा प्रधानमन्त्री मोदीको सम्वोधन प्रवेश नै गरेन ।

मुखमा राम राम, बगलीमा छुरा गर्न माहिर भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो सैन्य क्षतिपछि पनि शान्तिको गीत गाउन पछि परेन्न । भारतले मानवताका लागि हरेक युगमा शान्तिको कामना गरिरहेको तथा छिमेकीसँग मैत्रीपूर्ण सहकार्य गर्दै आएको दाबी प्रधानमन्त्री मोदीले दोहोर्याए, तर शान्तिको उलंघन भारतले गरेको तथ्य लुकाउन उत्तिकै कोशिस गरे ।मोदीले मतभेदलाई विवादमा बदल्न नदिनेसमेत वचन दिएका छन् । यो वचनमा टिक्नु अब भारतकै लागि अग्नीपरीक्षा हुनेछ । मोदीले ज्यान गुमाएका सैनिकहरूको बलिदान खेर नजानेमा समेत आश्वस्त पार्न कोशिस गरेका छन् । तर भारतीय सेनाको बलिदान के का लागि थियो ? बलियो तर शान्त छिमेक चीनलाई पकन बिच्क्याइएको थियो भन्नेमा निरूत्तर मोदीले भारत शान्ति चाहन्छ  भन्ने शव्द रटानमा दिएको जोड पहिले स्वयंले लागू गरेर देखाउनु पर्नेछ । सरकारले शान्तिको माला जपेर सैनिकलाई अशान्तिका लागि उक्साउने भारतीय दोहोरो नीति र व्यवहारमा शतप्रतिशत सुधार गरे मात्र मोदीले भने जस्तो उनको शान्तिप्रतिको प्रतिवद्धता सार्थक हुनेछ । भारतलाई भड्काउँदा निर्णायक जवाफ दिन उ सक्षम छ  भन्ने मोदीको दाबी हरूवा गोरूको छेरूवा दाउ जस्तो प्रतिक्रियात्मक मात्र बन्न पुगिसकेको छ ।

प्रधानमन्त्री मोदीको कथनी र करणीमा फरक भएको कारणले नै पछिल्लो मानवीय क्षति भारत सरकारकै करारी हार साबित भैसकेको छ । यस विषयमा सरकारको कूटनीतिक र सैन्य तयारी कमजोर देखिएको भन्दै भारतभित्रै विपक्षी दलहरूले मोदी सरकारको चर्को आलोचना गरेपछि प्रधानमन्त्री मोदीले भावुक कुरा गरेर सरकारका कमजोरीको प्रतिरक्षा गर्ने कोशिस गरेका छन् । उनले शुक्रबारका लागि भिडियो कन्फ्रेन्समार्फत सर्वदलीय बैठक पनि बोलाएका छन्, जहाँ मोदी सरकारका कमजोरीहरूको चर्को विरोध हुने निश्चित नै छ ।

यसरी यही सोमवार राति २० सैनिकको ज्यान जाने गरी भएको हतियारबिहीन भीडन्तबाट चेत खुलेर होला शायद, भारतले घटनापछिको पहिलो संवादमा चीनलाई वार्ताबाटै समस्याको समाधान खोज्न सहमति जनाएको छ । सोमवारको भारत–चीन तनावपछि विदेशमन्त्रीस्तरीय टेलिफोन वार्ताका क्रममा दुबै देश वार्ता र संवादबाट समाधान खोज्ने सहमतिमा पुगेका छन् । टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यी ले स्पष्ट पारेका छन् की, यस्ता घटना दोहोरिन नदिन भारतले सजगता अपनाउनुपर्छ । भारतले वर्तमान परिस्थितिको गलत हिसाब किताब गर्नुहुँदैन र आफ्नो सार्वभौमिकता र अखण्डता बचाउने चिनियाँ अठोटको कम आँकलन गर्नुहुँदैन  । कोरोनाभाइरस महामारीका समयमा भारत–चीन सिमानाको लद्दाख क्षेत्रमा दुई देशका फौजबीच भएको धक्का–मुक्की र हानाहानले यी दुई देशवीच मात्रै होइन, सिंगो एशियामा नयाँ तनावको खतरा देखाएको छ । २० भारतीय सेनाको मृत्यु भारतका लागि अहिलेसम्मकै ठूलो मानवीय क्षति हो । अब यो क्षतिबाट पाठ सिकेर भारतले मिचाहा, हेपाहा र निहुँ खोजुवा भारतीय पुरानो शैली बदलेर पहिले अफै सुधारिएर देखाउन सक्नुपर्छ । यो नै भारतका लागि शिक्षा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले