कोरोना नियन्त्रणमा होमिन छाडेर भारत किन सीमामा भिडन्त निम्त्याउँदैछ ?



हातमा खबर ।
छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा११ हजार १सय ३५नयाँकोभिड १९ संक्रमित फेला परेका छन् । भारतमा हालसम्म ११हजार ९ सय २१ जनाको कोरोनाबाट मृत्यु भइसकेको वर्ल्डमिटरले जनाएको छ। संक्रमित संख्याको आधारमा भारत विश्वमा चौथो नम्बरमा रहेको छ। यो धेरै नाजुक अवस्थाको चित्रण हो ।

यसरी कोरोना माहामारीको मार र भारलाइ थेग्नै नसक्ने गरी कोरोना पीडित भैरहेको भारतका लागि अहिले सबैभन्दा बढी महत्वपूर्ण कार्यभार र राज्यको दायित्व उसले उसका नागरिकलाइ कोरोना संक्रमणबाट जोगाउनु नै हो । भारतले अरू सबै समस्यालाइ थाती राखेर उसको देशकै अर्जुनदृष्टि कोरोनाबाट जनता जोगाउनेमा केन्द्रीत हुनु पर्ने हो ।

तर कामकुरो एकातिर निहुँ खोज्दै सीमातिर भने झैं भारत अहिले कोरोनाको माहामारीमा ध्यान केन्द्रीत गर्नको सट्टा नेपाल र चिनसंग अनावश्यक सीमा बिबाद चर्काइरहेको मात्र छैन चिनसंग त हानाहान र मारामारको अवस्था झिकिरहेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा बलपूर्वक भारतीय सेना तैनाथ गरी नेपाली भूमि हडपेर बसेको भारत चिनसंग लद्दाखमा सीमा रेखा पार गरी भीडन्त र मुठभेडको बिस्कुन लगाइरहेको छ । गत सोमवार बिना हातहतियार र गोली गठ्ठाको लडाइमा नै २० भारतीय सेना चिनियाँ सेनाको ढुंगा, रड र लात, हात र पाखुरीको प्रहारमा नै मारिएका छन् । अत्यन्त चिसो र हाइ अल्टिच्यूडको ग्यालने भ्यालीमा भारतीय सेनाले दशगजा क्षेत्र पार गर्दै चिनियाँ सेनालाइ उत्तेजित पारेर भिडन्तको स्थिति निम्त्याएको र त्यो भारतकै लागि पूर्णतः बिनासकारी र अपुरणीय क्षतीपूर्ण हुन पुगेको पुष्टि भैसकेको छ ।

नेपाल त सानो देश भएकोले उसले हेपेर नेपाली भूमि नै कब्जा गरेको छ । तर चीनसंग सीमामा बिना कारण र प्रमाण निरन्तर उत्तेजना फैलाउने गरी लाइन अफ कन्ट्रोल पार गरेर चिनियाँ सेनालाइ युद्दमा होम्ने वातावरणा बनाउनु भारतको शतप्रतिशत मुर्खतापूर्ण कदम हो । भारतले कहिल्यै चिनसंगका कुनै पनि युद्दमा जित हात पार्न नसकेको इतिहासका वावजुत कोरोनाकालमा पनि भारत चिनसंग जोरी खोज्दै जानुले उसको बिनास काले बिपरित बुद्दीको कालीदास चरित्र र प्रवृत्तिलाइ फेरि छताछुल्ल पारेको छ । लद्दाखमा वीर गति प्राप्त गर्ने भारतीय सेनालाइ भारतले कोरोना महामारी नियन्त्रणमा तैनाथ गरेको भए न उसको यो क्षती हुन्थ्यो, न त छिमेकी चिनसंग बेकारको तनाव नै हुन्थ्यो ।
कोरोना भाइरस भर्खर दक्षिण एशीयाली देशमा प्रवेश गरिरहेका बेला करीब तीन महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सम्मेलन मार्फत सार्क देशहरूलाइ एकीकृत रूपमा साझा कोष बनाएर कोरोना विरूद्द सामुहिक रूपमा लड्न र अघि बढ्न अपिल गरे । सबै सार्क देशले भारतीय प्रधानमन्त्रीको अपिललाइ सकारात्मक रूपमा लिए । तर जसै भिडियो सम्मेलन सकियो, मोदी वाचा पनि गंगाको पानीमा बगेरै बिलायो । भारत सरकारले यस वीचमा नेपाललाइ नयाँ नक्शा जारी गरेबापत गाली बर्सायो, नेपाल भारत संवन्ध फेरि भारतीय नाकाबन्दी दोहोरिने हो की भन्ने तहसम्म बिगारे, बिगारीरहेका छन् ।

मुखमा राम, राम र बगलीमा छुरा गर्ने भारतको पुरानो बानी र शैली मोदी सत्ताले पनि निरन्तर दोहोर्याइरहेको छ । यसैकारण नेपालसंग मात्र होइन, सार्क देशका र सबै सीमा जोडिएका देशहरूसंग भारतको कुनै न कुनै प्रकारको सिमा समस्या बल्झेको वा बढेको अवस्था जारी छ ।
चिन जस्तो नरम, असल र सहयोगी छमेकीसंग भारतले एकातिर अहिले भिडन्त निम्त्याएर देशकै सेनाको अनाहकमा बलि चढाइरहेको छ भने अर्कातिर भारतीय सेनामा रहेका धेरै नेपाली गोर्खाली सेनालाइ उसले चिन विरूद्दको युद्दमा परिचालन गरेर नेपाललाइ पनि अप्रत्यक्ष चिन विरूद्द प्रयोग गर्ने खतरा बढेको छ । चिन विरूद्दको लडाइमा नेपाली मुलका भारतीय गोर्खाली सेना लडनु भनेको तीनका नेपालमा रहेका परिवारजनमा सधै प्रभाव र असर पर्नु नै हो । झन भारतमामजदुरी गर्ने श्रमिक नेपाली ठूलो संख्यामा छन भने भारतीय सेनाको मुख्य हिस्सा नै नेपाली गोर्खाली सेना हो । भारतीय स्थल सेना नेपाली गोर्खाली सेनाले भरिएको सत्यतथ्य नै हो । कुनै पनि बहानामा उसले नेपाली मूलका गोर्खाली सेनालाइ चिन विरूद्द लद्दाख वा कतैका पनि भिडन्तमा उतार्यो भने त्यो गलत र अनर्थ हुनेछ ।

त्यसैले भारतले अब उप्रान्त चिनसंग लद्दाख लगायतका सीमा क्षेत्रमा जोरी नखोज्ने, चिनियाँ सेनालाइ उत्तेजित नबनाउने, सीमा रेखा पार नगर्ने तथा कुनै युद्द ननिम्त्याउनेमा नै ध्यान दिनु उसको हितमा हुनेछ । चिनसंगको कहिल्यै नजित्ने लडाइमा भारत नलागेर कोरोना नियन्त्रणमा बरू चिनसंग मिलेर अघि बढ्नुमा नै भारतको हित र जित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९