रुकुम पश्चिममा भएको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन हुने



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन हुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने बताएका हुन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले शुक्रबार पनि सरकारी समितिमा संसदले विश्वास गर्न नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेकी थिइन् । त्यसपछि सभामुख सापकोटाले संसदीय छानबिन समिति गठनको घोषणा गरेका हुन् ।

प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम सोतीकी केटीको घरमा पुग्दा नवराज लगायत १९ जना युवाहरूलाई गाउँलेले लखेटेका थिए ।

ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् । मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् । घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम