नक्शामा च्याँखे थाप्नेहरु….



भरत दाहाल  । 
लिम्पियाधुरा कालापानी नक्शा जारी भएपछि संविधान संसोधनका लागि ईण्डियनहरुका सर्तहरूः ईण्डियाबाट विवाह गरेर आउने महिलालाई उताको नागरिकता परित्याग गरेको प्रमाण देखाउन नपाउने गरी विवाह मण्डपमैं नेपाली नागरिकता दिने । प्रदेशहरुको नक्शा परवर्तन गर्न प्रदेशहरुसँग सहमति लिन नपर्ने गरी सिमाना हेरफेर आयोग बनाउने । गाउँपालिका र नगरपालिकाको अधिकार सबै खोसेर प्रदेश मातहत ल्याउनु पर्ने । घुमाउरो शैलीमा हिन्दीलाई राष्ट्रभाषा बनाउन सकिने गरी भाषिक नीति बनाउनु पर्ने । विदेशी नागरिकता लिएकाहरुको नेपाली नागरिकता खारेज गर्न नहुने ईत्यादी…..

उपरोक्त प्रस्तावहरु संशोधन नभएमा राजपा नामको विशारी ग्याङले नक्शामा मतदान नगर्ने रे ! बिहारी ग्याङले राखेका मागहरु जस्तै संशोधनको माग नराखे तराईको भोट कट्ने भएको हुँदा भोट बचाउन कांग्रेसले पनि तिनै मागहरु राखेर संशोधन प्रस्ताव दर्ता गरेको रे ! यी विदेशी इशारा देशका लागि नेतागिरी गरेका हुन् भन्ने कुनै नेपालीमा भ्रम छैन । न त लिम्पियाधुरा यिनीहरुको देश हो न विदेशी नागरिक यीनीहरुको पराई हो । विश्व र नेपालकै बदलिंदो परिस्थितिले भन्छ, यी विदेशीहरुसँग निर्णायक लडाईंको अनुकूल समय आईसकेको छ । यिनीहरुसँग भौतिक रुपमैं भिड्नु पर्छ ।

ईण्डियन मागलाई संविधान संसोधनका मुद्दाका रुपमा दर्ता गराउने प्रदीप गिरीका टेलिभिजन आख्यान सुनेर भ्रामक सोंच बनाउने नेपालीहरु थुप्रै होलान तर उनी ईण्डियाका लागि काम गर्ने कति तल्लोस्तरका कर्मचारी हुन् भन्ने कुरा उनले गाडीमा हालेर लैनचौर पुर्याएका कांग्रेसीहरुलाई राम्रो जानकारी छ । एक ठाउँमा जाने कुरा गरेर झुक्याएर लैनचौर पुर्याईएका गिरीका समकक्षीहरु अहिले पनि जिवित छन् र आवश्यक परे उनका बारेमा सार्वजनिक गर्न पनि तयार छन् । यस्ता छद्मभेषीहरुलाई सतहमा उजागर गर्नु संकटको एउटा महान विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि