बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर परीक्षणबाट बाँकेमा ४६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट चार जनामा संक्रमण देखिएको छ । उनीहरु धनुषा, रौतहट, दाङ र धादिङका पुरुष रहेको प्रवक्ता डा. देवकोटाले बताए । विराटनगरमा गरिएको परीक्षणबाट मोरङमा एक पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सोमबार संक्रमित पुष्टि हुनेहरु १८ देखि ४६ वर्षसम्मका पुरुष रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । हालसम्मका कुल ३ सय ५७ जना संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन् । यसअघि सोमबारै बिहान रौतहटमा सात पुरुष र एक महिला तथा र बारामा एक पुरुष गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न