प्रिय दक्षिण छिमेकी !
पृय दक्षिण छिमेकी
न आउ सामु त्यसरी कि गर्जन्छु म बेसरी ,
न ल्याउ रुप छेउमा कि हैन पृय केशरी ,
सजाई जाउ त्यो बदन यो दिनको पहरमा,
कलिलो ज्यान खुस्केला बेकारको रहरमा !
टलक्क टल्किने तिमी यो कृष्ण वर्ण मेघ झैँ,
न आउ प्रियसी तिमी बिनाशकारी बेग झैं।
लिएर जाउ पाइला जता बिषादी पाउँछेउ,
मसक्क मस्किदा खेरी कुवासना फिंजाउँ छेउ।
अनेक जाल चालले सहस्र जुक्ति सातिर,
कुमर्म गर्न खातिर सधैं रहेकी माहिर।
न घोच मर्म मर्ममा, न रोप बक्ष चर्ममा,
सुकर्म र सुधर्ममा , सुबुद्धि रोप गर्भमा।
विश्व कार्की