कोरोना संक्रमितको उपचारका लागि इबोलाको औषधि प्रभावकारी भएको अमेरिकी दाबी



अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको छ ।

यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन । विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड १९ का लागि यो रामवाण चाहिँ नहुने बताएका छन् । यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहनेछ । इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो। यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।

यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा एक हजार ६३ जनाले भाग लिएका बताइएको छ । तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ । इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउची तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्वपूर्ण र सकारात्मक असर पारेको देखाएको बताउँछन् । यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड -१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए । मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन ।

यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११.६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्वपूर्ण नरहेको बताइएको छ । त्यस्तै यो औषधिले कस्ता व्यक्तिलाई फाइदा भयो भन्ने पनि स्पष्ट छैन । निको हुने क्षमता भएका बिरामीलाई छिटो निको बनाएको हो वा सघन उपचार आवश्यक पर्न सक्ने बिरामीलाई त्यो आवश्यक नपर्ने बनाएको हो भन्ने स्पष्ट छैन ।

कुन उमेर समूहका व्यक्ति, अन्य स्वास्थ्य समस्या र सङ्क्रमणको कुन अवस्थामा औषधि उपयोगी भन्ने पनि खुलाइएको छैन । युरोपेली सङ्घमा भइरहेको औषधिको परीक्षण हेरेका प्राध्यापक महेश पाल्मर यो औषधि व्यापक रूपमा प्रयोग गर्नुअघि केही अन्य कुरा पनि हुनुपर्ने बताउँछन् ।

“अधिकारीहरूले यो तथ्याङ्क र परिणामलाई हेरेर यसका आधारमा यसलाई अनुमति दिने निर्णय गर्नुपर्छ र त्यसपछि सम्बन्धित देशका स्वास्थ्य निकायहरूले यसको परीक्षण गर्नुपर्छ।“ अक्स्फर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्वी भन्छन्, “हामीले पूरा परिणाम हेर्नुपर्छ। पुष्टि भए अद्भभुत हुनेछ र कोभिड १९ विरुद्धको सङ्घर्षमा यो खुसीको खबर हुनेछ।“

चीनमा यही औषधि प्रभावकारी नभएको विवरण ’लान्सेट’ जर्नलमा प्रकाशित भएकै समयमा अमेरिकी दाबी सार्वजनिक भएको छ । चीनमा गरिएको अध्ययन चाहिँ बिरामीको अभाव भएकाले पूरा हुन पाएको थिएन ।बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको