माधव नेपाल कता ? ओलीतिर की प्रचण्डतिर ?



ज्ञानबहादुर क्षेत्री ।
वैशाख ८ गते मन्त्रिपरिषद वैठकले सत्तारुढ दल लगायत सिंगै देशको राजनीतिलाई तरंगित हुने गरी राष्ट्रपति मार्फत जारी गराए लगत्तै खारेज गरेका दुई अध्यादेशले सबैभन्दा बढी झड्का सत्तारुढ नेकपामा नै परेको छ । अध्यादेश जारी भए लगत्तै बसेको नेकपाको सचिवालय वैठक अध्यादेशप्रति ठोस प्रतिक्रिया सम्म जनाउन नसक्दै सकियो । कोरोना कहरका कारण देश लकडाउनमा परेका बेला र सरकारको सबै प्राथमिकताकोरोना रोकथाम र यसको क्षती कम गर्नेमा केन्द्रीत हुनुपर्ने बेलाको यो आकस्मिक घटनाक्रमले नेकपाको आन्तरिक राजनीतिलाई तरंगित गरिरहेको छ ।

वैशाख ९ गते मंगलवार यस प्रकरणमा सत्तारुढ नेकपाका शीर्ष नेताहरु मध्ये माधव कुमार नेपालले मात्रै औपचारिक प्रतिक्रिया जनाए । तत्कालिन नेकपा एमालेमा १४ वर्ष महासचिव चलाईसकेका र प्रधानमन्त्री समेत भैसकेका अहिलेको नेकपाका चौथो वरियताका नेता नेपालले मंगलवार निकालेको मध्यमार्गी वक्तव्यले धेरै खालका आशंका र सम्भावनाहरुलाई उजागर गरेको छ । त्यस यता उनले वैशाख १५ मा पनि आफ्नो समुहका तर्फबाट प्रधानमन्त्री केपीओलीको समुहसंग निवासमा लामै छलफल गरे । पूर्व एमाले कित्ताको एकताका लागि १५ वैशाखमा केपी ओली समुहसंग भएको छलफल पनि निष्कर्षमा पुग्न भने सकेन । यस वीचमा नेता नेपालले प्रधानमन्त्री ओलीसंग २ पट्क एक्लाएक्लै भेटवार्ता गरे पनि सहमति र निकास भने आएन।

ओलीले आफुलाई मात्रै होईन सबैलाई पाएक पर्ने गरी ल्याएका तर लागू गराउन नसकेका दुई अध्यादेशको आन्तरिक प्रहार नेता माधव नेपालपति नै बढी लक्षित देखिएका थिए । किन भने नेपाल अहिले नेकपाभित्र मध्यमार्गी नेताका रुपमा रहेका छन । पुर्व एमाले र माओवादीको कित्ताकाट गर्दा पनि ओली र प्रचण्ड दुबैसंग आफूले चाहेमा छुटटै दल दर्ता गर्न पुग्ने ४० प्रतिशत संख्या दल वा संसदीय दलमा सुरक्षित छ । तर नेता नेपालसंग एक्लै ४० प्रतिशत साँसद वा केन्द्रीय सदस्य पुर्याउन सक्ने अंकगणित नेकपाभित्र छैन ।

नेकपाभित्रका जानकारका अनुसार केपी ओलीले कुनै हालतमा प्रचण्डलाई नेकपाको नेतृत्व सम्पूर्ण रुपमा सुम्पन तयार नभएपछि नेता नेपाललाई सुरुमा थर्काउदै पछि फकाउदै आफुपछि प्रचण्डको विकल्प बन्न जोडबल गरेका थिए । अहिले पनि अध्यादेशको कारण बल्झिएको बिवादमा पूर्व एमाले हिस्साको पार्टी जोगाउने भए प्रचण्डको साथ छोडेर आफ्नो कित्तामा आउन नेता नेपाललाई प्रधानमन्त्री ओलीले खुल्ला चुनौति दिएका छन् । अब नेता नेपालले ओली र प्रचण्ड वीच खेलेर आफ्नो स्थान सुरक्षित राख्ने सुविधा गुमाएका छन् । या त ओली वा प्रचण्ड मध्ये एक कित्तामा सतिसाल झैं नउभिने हो भने नेता नेपाल पेण्डुलम बन्ने खतरा झन् बढेर गएको छ ।

किन भने बिगतमा ओलीको धेरै पेलाई सामना गर्न नसकेर उनले अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल जस्ता प्रभावशाली नेताहरुलाई पनि आफ्नो समुहमा गोलवन्ध गरीरहन सकेन्न । अहिले अढाई लाईनमा देखिएका नेता नेपालले पूर्व एमाले समुहबाट ओलीको विकल्प आफू बन्न तयार भएमा ओलीको साथ पाउन सक्ने संभावना पनि छ । तर यसका लागि नेपालले आफूलाई ओली समहूसंग विलय गराउनुको विकल्प हुने छैन् । वैशाख १५ सम्म ओलीसंग नेता नेपालले व्यक्तिगत र समुहगत रुपमा गरेका निष्कर्षबिहिन वार्ताले उनलाई वाध्यात्मक रुपमा अब प्रचण्ड खेमामा लाग्नैपर्ने बनाईदिएको छ ।

प्रचण्डसंग जनयुद्धकालदेखि नै मुद्धा, विचार र कार्यशैली मिल्ने नेता नेपाल ओलीसंग चेपुवामा परेर मात्रै मिल्न सक्ने अवस्था विद्यमान रहेको देखिएको छैन । ओलीले तेस्रोबाट चौथो वरियतामा घटुवा गरिदिनेदेखि जिल्ला जिल्लाको पकड भत्काईदिने तथा स्थानीय तहदेखि केन्द्रसम्म एक्लो बनाईदिने दण्ड नेता नेपालाई दिएका हुन् । त्यसैले अहिले पूर्व एमालेमा उतिबेला रहेको पकड नेता नेकपालको बाँकी रहेको अवस्था छैन ।

अध्यक्ष ओली र नेता नेपाल वीचको कटुता धेरै सार्वजनिक रुपमा नै छरपस्ट भैसकेको हो । कतिसम्म भने, गत भदौंमा ओली सिंगापुरमा उपचार गराउन जान लाग्दा नेता नेपालले दिएको शुभकामना सम्म अस्वीकार गरेर ओलीले नेपाललाई अपमानित गरेका थिए । पार्टी कामदेखि सरकार गठन, संचालनका कुनै पनि काममा अहिलेसम्म ओलीले नेपाललाई महत्व दिएका छैन्न ।

पार्टी अध्यक्ष र दुई पट्क प्रधानमन्त्री नै भैसकेका कारण ओलीलाई अब बाचुन्जेल आफैले पार्टी र सरकारमा एकछत्र राज गर्ने, आफ्नो सेखपछि लुत्रिएर आए नेता नेपाललाई उत्तराधिकारी बन्ने मौका सुरक्षित गरिदिने नभए जे होला होला भन्ने भित्री रणनीति बनाएको स्पष्टै देखिन्छ । किन भने मुख मिले पनि प्रचण्डसंग ओलीको मनसंग मन नमिलेको यथार्थ ओपन सेक्रेट नै छ ।

ओलीपक्षसंग बिनाशर्त आत्मासमर्पण शैलीमा मिलेमा नेता नेपाल भोलिका दिनमा पूर्व एमाले कित्ताको ओली पक्षिय नेता हुन सक्ने छन । तर त्यसरी बिनाशर्त ओलीसंग झुकेर दानमा नेतृत्व लिने की सबैको मन जितेर सर्वसम्मत नेता हुने त्यो तय गर्न नेता नेपाललाई अप्ठयारो परेको देखिन्छ । प्रचण्डतिर नलाग्दा त पञ्चण्डको विकल्पमा नेता नेपाल आउन सक्ने चान्स नै छैन । प्रचण्ड आफैमा निर्विकल्प नेता हुन । अहिलेको नेकपाभित्रको समीकरणमा अर्का अध्यक्ष प्रचण्ड मजबुत छन् । उनले कुनै पनि बेला दाम्लो चुडाएर हिडन सक्ने भैंसी जस्तै आफ्नो पकडमा ४० प्रतिशत भन्दा भारी बहुमतको अंकगणित सुरक्षित राखेका छन । त्यसबाहेक पूर्व एमाले खेमासंग पनि प्रचण्ड पपुलर नेताका रुपमा रहेका छन् ।

फेरि अहिलको परिवर्तित परिस्थितिमा अब व्यक्तिका पछि नेता कार्यकत्र्ता लागेर पार्टी बन्ने अवस्था छैन । नेकपाभित्रका तममा कार्यकत्र्ता नेताहरु मुद्धा, विचार र नेतृत्व क्षमताका आधारमा नेतृत्वको चयन र समर्थन गर्न सक्षम भएको उदाहरण केन्द्रीय समितिको गत माघमा सम्पन्न वैठकमा पनि मुखरित भैसकेको छ । भोलि नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी समुहको बिभाजन नै भैहाले पनि हिजोको पार्टी लिगेसीका आधारमा नभई नयाँ नेतृत्व र एजेण्डामा नेकपाभित्र नयाँ ध्रुवीकरण बन्ने र, त्यसो गर्दा प्रचण्ड नै भारी पर्ने अवस्था देखिन्छ । त्यसैले नेता नेपालले अब ओली वा प्रचण्डको वीचमा खेलेर राजनीति गर्ने दिन सकिएको आभास हुन्छ ।

माधव नेपालका विकल्प धेरै छन् तर उनको सुरक्षका लागि उनले अहिले नेकपाको सरकार भर्सेज पार्टी बिबादमा ओलीतिर लाग्ने की प्रचण्डतिरै अझ धेरै आडभरोसाका साथ अघि बढ्ने भन्ने मझधारमा नउभिएर ठोस निर्णय दिनुपर्छ । उनले ओलीतिर लागेर पूर्व एमाले कित्ताको ओलीको उत्तराधिकारी हुने मौका पनि छ । तर यसमा उनलाई पूर्व एमालेहरुले साथ दिने सम्भावना कमजोर छ । नेपालसंग उनका पूर्व हितैषी र सहकर्मीहरु टाढा भैसकेका छन् ।

वरिष्ठ नेता नेपालले प्रचण्डसंग मिलेर एनीहाऊ ओलीलाई हटाऊको नयाँ अडान लिन सक्छन् । किन भने ओली पीडित हुनुको बदला लिन उनलाई यो स्वर्णिम मौका हो । उनले ओलीसंग मिल्दा पार्टी अध्यक्ष मात्रै पाउन सक्छन् तर प्रचण्डसंग मिल्दा बलियो हुन सक्छन् ।
यस्तै अब या त ओली या त प्रचण्डतिर भन्ने आफ्नो वारपारको लडाईंमा नेपाल खुलेर आउनुपर्ने चेपुवामा छन् । प्रचण्डसंग मिल्दा सरकार प्रमुख वा पार्टीअध्यक्ष मध्ये एकमा आफ्नो वर्चस्व हुने भएकोले उनले प्रचण्डसंग खुलेरै अरु बलियो एकता कायम गरी ओलीसंग लामो अपमानको बदला लिन सक्छन् ।.ओलीलाई संरक्षक बनाएर आफू र प्रचण्डले पार्टी र सरकार चलाउने नयाँ समझदारीका लागि ओलीलाई सहमत गराउने गरी भूमिका खेल्न पनि सक्छन् ।

ओली, प्रचण्ड र माधव नेपाल बाहेक नेकपाको वर्तमान रस्साकस्सीमा नेता वामदेब गौतम र झलनाथ खनाल खुलेर प्रचण्डका सारथी हुन सक्छन् । उनीहरुलाई रिझाएर व्यवस्थापन गर्न प्रचण्डलाई खासै समस्या पर्नेछैन् । तर ओली र माधव नेपालतिर गौतम, खनाल दुबैको खास भरोसा हुने छैन । जाँदाजाँदै, नेता नेपालले गत मंगलवार जारी गरेको विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ

गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको