८४ लाख योनी



डा. गोविन्दशरण उपाध्याय ।

पुराणहरूमा मनुष्यका चारलाख प्रजातिका विषयमा (विष्णु, गरूड, महाभारत, ब्रह्म वैवर्त) उल्लेख गरिएको छ | चौरासी लाख प्राणी जगत् मध्ये मान्छेहरू चारलाख प्रकारका छन् भनिएको हो |

आधुनिक विज्ञानले अहिले विश्वभरि जीवित रहेका मान्छे-प्रजातिलाई “होमो-सेपियन” ठान्छ | यो सिद्धान्त पनि मूलत: “White-supremacy” वरिपरी नै घुम्छ | नेपालका १२३ जातजातिहरू, भारतमा फैलिएर रहेका ८४२ जातजातिहरू र विश्वभरिका मूलुकमा फैलिएका असंख्य आदिवासीहरू सबैलाई होमो-सेपियन ठान्नु तार्किक दृष्टिकोणले ठीक-वेठीक के कस्तो हुन्छ ? वहस गरिनुपर्छ |

मैले एसलाई “गोरा-प्रभूता” भन्नुको अर्थ के हो भने विकासवादी सिद्धान्तका जनक डार्विनले धेरै ठाउँमा गोराहरूलाई सर्वाधिक बुद्धिमान प्राणी भन्दै होमो-सेपियनको चर्चा गरेका छन् | डार्विनको यो विचारलाई नकार्न नसकेर विश्वभरिका मान्छेलाई “होमोसेपियन”को बास्केटमा हालेको पनि हुन सक्छ | यो तत्थ्यलाई हरियाणाको राखीगढ़ीका खोजले प्रमाणित गरिसकेको छ | जसरी आर्यआक्रमणको सिद्धान्त अप्रमाणित भैसकेपछि पनि पश्चिमाहरूले आफ्ना लेख-अनुसन्धानमा पूर्वाग्रह छोडेका छैनन् |

मनुष्यजाति मनुका सन्तान हुन् | देश, काल, परिस्थिति, आवश्यकता, स्थानीयकरणके मान्छेको मौलिक स्वरूपमा फरक पर्नु र जातिभेद हुनु स्वाभाविक हो र मनुले यो तथ्यलाई “स्वं स्वं चरित्र शिक्षेरन् पृथ्वीव्या सर्वमानवा:” भेदहरूको प्राकृतिक प्रक्रियालाई स्वीकार गरेकै छन् |

आजका दिनसम्म प्राणिविज्ञानले विश्वमा कति जीवतत्व छन् ? भनेर गणना गर्न सकेको छैन र जति (२७ लाख) अनुमान गरिएको छ तेसभन्दा लाखौंगुणा जीवको अस्तित्व भएको अनुमान विज्ञानले पनि गरेकै छ |

आधुनिक जीव विज्ञानको सबैभन्दा ठूलो समस्या के हो भने एसले जीवलाई केवल पार्थिव-तत्वले निर्मित ठान्छ | जवकि वैदिक विज्ञानले जीवहरूको निर्माण पन्चतत्व (पृथ्वी, जल, आगो, वायु र आकाश) ले बनेका र एसैमा निर्भर जीवहरूलाई पार्थिव भन्छ | एस वाहेक पूर्णतया जलीय, तेजस्, वायवीय र आकाशकाय जीवहरूको पनि वैदिक विज्ञानले अस्तित्व स्वीकार गरेको छ |

वायवीय तत्वबाट भूतप्रेतआदिको जन्म हुन्छ | तेजस् तत्वबाट देवदेवताहरूको निर्मिति हुन्छ, जलीय तत्वबाट देव र असुर दूवै जीवको निर्माण हुन्छ | एसको अर्थ के हो भने सूर्यको नाभिमा यदि १० लाख फरेन-हाइट गर्मी छ भने यो गर्मीमैं रहने जीव तेहा हुन्छन् | त्यो तेजतत्वमा जीवित जीवहरू पृथ्वीमा जीवित रहन सक्दैन र पार्थिव तत्व प्रधान भएका मान्छेजस्ता जीवहरू तेहा बाँच्न सक्दैनन् |

प्राचीन वैदिक प्रज्ञाले यदि जीवहरूको सङ्ख्या ८४ लाख र तेसमा मान्छेको प्रजाति ४ लाख भनेको छ भने आधुनिक जीव विज्ञानका लागि अनुसन्धानको मार्गचित्र कोरिदिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको आनन्द वनमा भीषण डढेलो, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँमा वायु प्रदूषणको स्तर उच्च, बाहिर निस्कदा मास्क लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह

सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि

लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र