कोरोना संक्रमित मध्ये १० जना डिस्चार्ज, ३८ को स्वास्थ्य पनि सामान्य



काठमाडौं । नेपालमा कोरोना संक्रमित मध्ये दश जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । बिहीबार एकैदिन तीन जना डिस्चार्ज भएका छन् । बिहीबार निको भएर घर फर्किनेमा काठमाडांैको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र उनका ५८ वर्षीय छोरा छन् ।

बेलायतको लण्डनबाट आएका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । निको भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । त्यसैगरी धनगढीकी ६५ वर्षीया महिला पनि बिहीबारै निको भइ अस्पतालबाट डिस्चार्ज भएकी छन् । वीरगंजमा चिया व्यापार गर्ने उनमा धनगढीमा गएका बेला कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या दश पुगेको छ । अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म कुल ४३ हजार २७७ जनाको कोरोना परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा १० हजार ५ सय ७३, आइसोलेशनमा ८६ जना रहेका छन् ।

यसैबीच, बिहीबार नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचारमा नातावाद, कृपावाद र पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको छ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन्

अमेरिकामा फेरि अर्को विमान दुर्घटना(भिडियो)

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ ।