मान्नैपर्छ एकढिक्का बनाएर लैजानुपर्ने बेला फुटाउनका लागि कानुन संशोधन गर्ने प्रधानमन्त्रीलाई !



नारायण गाउँले ।

आमाको मुखमा अन्तिम थोपा पानी दिने इच्छा कुन छोराको नहोला र ? तर महाकाली नदीपारि सम्म आएर पनि दार्चुलाका वासुदेव भट्टले आमालाई भेट्न पाएनन् । त्यहाँसम्म पनि सैह्य हुँदो हो । आमाको शवमा दागबत्ती दिन र घरनजिकै किरिया बस्न पनि देशले अनुमति दिएन । उनी नदीपारि नै ठाडो किरिया बसे । उनलाई देश आउन दिने कि नदिने भन्ने निर्णय गर्न हप्ता दिन लाग्यो ।

तर, ओम्नीलाई एक अर्बभन्दा बढीको ठेक्का दिन जम्मा तीन घण्टा लाग्यो । एक महिनासम्म टेण्डरमा कुनै निर्णय नगरी एकाएक शुक्रबार खारिज गरेको भनियो र तीन घण्टाभित्र प्रस्ताव मागेर, भोलिपल्ट शनिबार त जहाज उडि नै हाल्यो । कहिल्यै मेडिकल सामग्रीको कारोबार नगरेको कम्पनीले एक दिनमैं आवश्यक कागजातसहित सबै सामान जम्मा गरेर एअरपोर्ट पुऱ्यायो ।

राजनीतिको फोहोरी खेलका लागि पनि समय लागेन । संविधान नै संशोधन हुने गम्भीर विषयमा कुनै छलफल र औचित्यबिना दिउसो मन्त्रिपरिषदले निर्णय गर्यो, उत्तिखेरै राष्ट्रपति कार्यालयले प्रमाणित गर्यो र त्यही दिन कानुन बन्यो । आफ्नो पार्टी होइन, अरू नै पार्टी फुटाउन विधेयक ल्याउनुपरेको भन्ने घटिया स्पष्टीकरणमा पक्कै पनि विवेकी कार्यकर्ताहरूको शिर लज्जाले निहुरेको हुनुपर्छ ।

वाइडबड़ी दबिएकै थियो । ओलीले अडियो नै नक्कली भएको भन्ने निम्न स्तरको बचाउ गर्दै गोकुल बाँस्कोटालाई कारबाहीबाट बचाए । जग्गा फिर्ता गर्ने नाममा विष्णु पौडेललाई उन्मुक्ति मिल्यो । जबकि प्रशस्त पैतृक सम्पत्ति भएको उनैले बताएका थिए र सुकुम्बासी बनेर जग्गा पनि उनैले लिएका थिए । यो चरम अनैतिक काममात्रै नभएर आफैमा अपराध थियो ।

सिङ्गो विश्व चरम आर्थिक मन्दी र सङ्कटमा फस्ने अनुमान गरिँदै छ । निम्न वर्गका नागरिकलाई कसरी मद्दत पुऱ्याउन सकिन्छ भनेर देशहरू रातदिन योजना निर्माणमा लागेका छन् । इतिहासकै ठूलो समस्या भएकाले देशमात्र होइन, सिङ्गो विश्व नै एक भएर लड्नुपर्ने निष्कर्ष आइरहेका छन् । हाम्रा प्रमचाहिँ कसरी लूट र फुटको राजनीति गर्न सकिन्छ भन्नेमा दिनको १८ घण्टा खट्दा रहेछन् । विपक्ष र नागरिक समाज सबैलाई एकढिक्का बनाएर लैजानुपर्ने समयमा कुनै पनि सद्दे दिमागको नेताले फुटाउनका लागि कानुन संशोधन गर्दैन । पशुपतिनाथले हामी सबैको कल्याण गरून् र थप अनिष्ट सुन्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता

भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा