प्रधानमन्त्रीको कोरोना प्रेस्क्रिप्सन सुनेपछि…….



भानुभक्त आचार्य ।

हुन त काका पनि मानार्थ पिएचडी हुन् । स्वास्थ्यका कारणले अस्पत्ताल र डाक्टरहरुको संगत भएको धेरै वर्ष भो । यसै मौकामा कोरोना भाइरसबारे प्रवचन दिएछन् । भिडियो सुनौं । देशको प्रधानमन्त्रीले भनेपछि त होला नै भन्नु पर्यो ।

सत्तामा पुगेपछि नेताहरुलाई सबै कुराको विज्ञ भएको भान हुँदो हो । राणाकालमा पद्म समसेर चुरोटबाट हुनसक्ने हानीका बारेमा गोरखापत्रमा स्थास्थ्य उपदेश नै छपाएका थिए । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई आन्द्रामा क्यान्सर लागेको भनेर त्यसबेलाका स्वास्थ्यमन्त्रीले मिडियालाई जानकारी दिएको तर पछि जापान गएर जचाउँदा केही नभएको पाइएको थियो । त्यो प्रकरणमा राज्यकोशको ७० लाख रुपैँया सिद्धिएको थियो । दुई हप्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना लागेमा chloroquine phosphate खाए हुन्छ भनी प्रेस मिटमै भन्दिएकाले chloroquine खाने कतिपय अमेरिकीहरुको मृत्यु नै भइसक्यो ।

प्रधानमन्त्रीले दिएको कोरोना भाइरससम्बन्धी उपदेशलाई स्वास्थ्य क्षेत्रका विज्ञहरुले गलत सल्लाह भनिदिएछन् । जनतालाई पो क्या फँसाद् — प्रधानमन्त्रीले भनेको कसरी नमान्नु, फेरि डाक्टर त्यो गलत हो भन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा