यत्रो जेल बसेका नेता हुँदाहुँदै सङ्क्रामक रोगबारे बोल्नु डाक्टरको गम्भीर अपराध हो, जेलमा कोचिहाल सरकार !



नारायण गाउँले ।

स्वास्थ्य मन्त्रीलाई महामारी शुरू भएको दुई महिनासम्म पिपिई के हो भन्ने थाहा छैन । उच्चस्तरीय समितिमा एक जना विज्ञ पनि छैन । समितिका संयोजक डाक्टरले भनेको कुरा बुझ्दैनन् । विभागीय प्रमुखहरू सेनालाई पर्दामा देखाएर व्यापारीसँग साँठगाँठ गरिरहन्छन् । अन्त कतै मान्यता नपाएको आरटीडी परीक्षणको नाममा समय र साधनस्रोतको खर्च भइरहेछ । सरकारको ध्यान अकल्पनीय रूपमा सरूवा, बढुवा र नियुक्तिमा देखिन्छ । सरकारी माइकमा बोल्नेहरू कोही पनि विज्ञ छैनन् । सम्बोधन गर्ने कोटिका छन् ।

यस्तो बेला एउटा डाक्टरले आफ्नो विज्ञता, अनुभव र विवेकका आधारमा एकदुई वटा अन्तर्वार्ता दिनु पनि सरकारलाई गिज्याउनुजस्तो लाग्दो रहेछ । जेल बसेका यत्रा नेताहरू हुँदाहुँदै सङ्क्रामक रोगबारे एउटा नाथे डाक्टरले बोल्नु र जनताले नेताभन्दा उसलाई बढ़ी पत्याउनु गम्भीर अपराध हो । जेलमा कोचिहाल सरकार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग