चिकित्सक कुट्ने प्रहरीमाथि कारबाही गर्न चिकित्सक संघको माग, प्रहरीले बनायो छानबिन समिति



काठमाडौं । अस्पतालबाट घर फर्किरहेका तीनजना चिकित्सकमाथि प्रहरीले गएराति कुटपिट गरेको भन्दै चिकित्सकहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरेको हो ।

अस्पतालको ड्युटी सकेर परिचयपत्र लगाएरै घर फर्किरहेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेको हो । प्रहरीले त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहलाई लाठीचार्ज गरेको संघले जनाएको छ ।

अस्पतालबाट ड्युटी सकेर फर्किरहेका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति आप्नो ध्यानाकर्षण भएको भन्दै संघले डाक्टर हौँ भनेर जानकारी दिँदा दिँदै पनि भएको कुटपिट भएकाले दोषीमाथि कारवाहीको माग गरेको छ । त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले बिहीबार विज्ञप्ति जारी गर्दै डाक्टरमाथि लाठीचार्ज र गालीगलौज गर्ने प्रहरीलाई कारबाही अगाडी बढाउन माग गरेको हो।

यसैबीच, चिकित्सकमाथि कुटपिटको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तीन सदस्यीय छानबिन समिति बनाएको छ । कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ