कोरोना, सरकार र हाम्रो सरोकार



डा. गोविन्दशरण उपाध्याय ।

(१) हाम्रो सरकार नक्कलेको विश्व पगरी गुथाई दिए हुन्छ | भारतले लक-डाउन नगरी हाम्रा मन्त्रीहरू तातेनन् भारतले लकडाउन गरेपछि हाम्रा मन्त्रीहरूको होस् पलायो | एकै दिनमा सबै निर्णय लिए | विना सूचना गरिएको निर्णयले धेरैको विचल्ली भयो तर सरकारलाई एसको के मतलव !!!
(२) काठमाडौँ उपत्यका छिर्ने जम्माजम्मी तीनबटा ठूला नाका छन् – विमानस्थल, धुलिखेल र नागढुंगा | चीनले लकडाउन गरेसंगै नाकाहरू र विमानस्थल लकडाउन गर्ने कसैले रोकेको थिएन |
(३) त्रिभुवन विमानस्थल हुँदै आउने यात्रीहरूका लागि अनिवार्य १४ दिने एकान्तवासको व्यवस्था गर्न असजिलो थिएन | चाइनाबाट उद्धार गरिएका नेपालीमा यो अभ्यास भैसकेको थियो |
(४) नेपाली राज्यतन्त्र र यहाँको निजी क्षेत्र (सबै होइन) जति भ्रष्टाचार गर्न चेम्पीयन छ, असल काममा पनि तेत्तिकै चेम्पीयन हुने दिन कहिले आउलान् ?
(५) अहिलेसम्मका संक्रमितहरूको विवरण पढ्दा ती सबै विमानस्थल हुँदै नेपाल भित्रिएका छन् | विश्वभरीको इतिहास यही छ भने हाम्रो राज्यतन्त्रलाई विमानस्थलबाट आउने यात्रुहरूमा विशेष निगरानी गर्न कसैले रोकेको थिएन |
(६) भूइचालोको वखत राज्यतन्त्र र जनताको मिलोमतोमा मच्चाएको लूटतन्त्रका आधारलाई केलाउने हो भने करोनाको महामारीलाई पनि कमाउने अवसरका रूपमा उपयोग गर्दैनन् भन्न सकिन्न |
(७) यो आलोचना गर्ने समय होइन | सरकारलाई सहयोग गर्ने समय हो तर हामी घरमा वन्द भएका जनताले “घरमा वस्नु” वाहेक अरू के नै सहयोग गर्न सक्छौं र ?
(८) आज करोनाले मान्छेमा सन्त्रास छाएको छ | घरबाट वाहिर ननिस्कनेहरूलाई सामान्य ज्वरो वा खोकी लाग्दा पनि करोना कै शंका लाग्छ | तर एस्तो शंका निवारण गर्न ढुक्कसंग अस्पताल जान सकिन्न |
(९) कोभिद-१९ र सरकार मिलेर सामान्य नागरिकहरूका मौलिकहरू खोसेका छन् | हुने खानेहरू दंग छन् हुँदा खानेहरूको विचल्ली छ | उनीहरू घर न घाटका भएका छन् |
(१०) सरकारी घोषणा र कोरोनाको त्रासले सहयोग गर्छ चाहने व्यक्तिहरू पनि “बोल्दिन, सुन्दिन र देख्दिन” अवस्थामा छ | एस्तै रह्यो भने शहरमा काम गर्न आएका मजदुरहरू करोनाले होइन – भोकभोकै मर्ने छन् |
(११) हिन्दीमा एउटा उखान छ “मरता क्या नहीं करता” अन्तत: हुँदा खाने वर्ग कुनै दिन सडकमा आउनै पर्छ | तेसवेला सरकारसंग तिनलाई भोजन दिने को गोली दिने दुईवटा विकल्पमात्र रहने छन् |
(१२) सरकारी अनुदानहरू भूकम्पका त्रिपालहरूझैं हराउने छन् र हुँदा खानेहरूसंग पुग्ने कुनै ग्यारेन्टी छैन | एस्तो अवस्थाको मैले कल्पना गर्न चाहिन |
(१३) मेरो विचारमा, काठमाडौँका तीनैबटा नाकाहरू लकडाउन गरेर भित्री जनजीवन सतर्कतासंग संचालनमा ल्याउनु पर्छ | गाडीहरूमा मान्छे कोचार्न दिनुहुँदैन | सकेसम्म साइकल र मोटरसाइकलमा एकजना मात्र बसेर हिड्न पाइने नियम बनाउने, सामाजिक कार्यक्रमहरूमा रोक लगाउने, दूई जना भन्दा बढी संगै वस्न नपाइने जस्ता नियमहरू कडाईसंग लागु गर्नुपर्छ |
(१४) कोरोना महामारी हो – एसको कत्ति पनि उपेक्षा गर्न सकिन्न | स्वास्थ्यका नियमहरूको कठोरतासंग पालन गर्नुको विकल्प छैन | तर एसलाई पराजित गर्न गरीवहरूको गाँस खोस्न मिल्दैन |
(१५) सरकारले रोगलाई जित्ने वातावरण सुव्यवस्था गर्नुपर्छ तर हुँदा खानेहरूको बाँच्ने अधिकार पनि निश्चित गर्नुपर्छ | हामी जनताले स्वास्थ्यका नियमहरू पालन गर्नुपर्छ र आवश्यक परेको बखतमा सहयोग प्राप्त गर्न पाउनुपर्छ |
(१६) अन्त्यमा, विषाणु निकै बलियो छ, तेसको तुलनामा हाम्रो आत्मवल १०० गुणा बढी हुनुपर्छ | पटक्कै आत्त्तिनु र अत्याउनु हुँदैन | आत्मविश्वास हुनुपर्छ तर अन्धविश्वास हुनुहुँदैन | घरै वसेर आफुले गर्न सक्ने सहायता (नेटबाट) बोलेर, पढेर, क्रियाकलाप गरेर साझा गरौँ |

ॐ स्वस्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा