नेतृत्व शायद त्यसैका लागि हो



नारायण गाउँले ।

दिनै जसो यसरी पत्रकार सम्मेलन गरेर डोनाल्ड ट्रम्पले कोरोनासँग अमेरिका कसरी लड्दै छ भन्ने ब्रिफिङ् गर्छन् । पत्रकारसँग सवालजबाफ गर्छन् । उपराष्ट्रपतिदेखि अन्य जिम्मेबार अधिकारीले पालैपालो आआफ्नो जिम्मेबारी र तयारीबारे जानकारी दिन्छन् । ट्रम्पसँगैका हरू पनि ठूला नेता र अधिकारी हुन् । तर उभिएरै काम चलेको छ ।

बेलायतमा पनि बोरिस जोनशनले यस्तो ब्रिफिङ् दिँदै आएका छन् । परीक्षण गरिएको सङ्ख्यादेखि सङ्क्रमितको सङ्ख्यासम्म र यसले पारेको सामाजिकदेखि आर्थिक क्षतिसम्मका विषयमा तथ्यहरू प्रस्तुत गर्छन् । आजैमात्र बेलायती अर्थमन्त्रीले यो समस्यासँग जुध्न खरबौंको राहत प्याकेजदेखि साना र मझौला उद्योगलाई एक वर्षसम्म बिजनेस ट्याक्स छुट दिने निर्णय सुनाए । दिनभर मन्त्रीहरू छलफल र प्लानिङमा व्यस्त देखिन्छन् ।

कुनै देशमा प्रधानमन्त्रीले आफ्ना नागरिकलाई कोठाभाड़ाका लागि नआत्तिन भनिरहेका छन् भने कतै ब्याङ्कहरूले होमलोनको किस्ता तीन महिना नतिरे पनि हुने निर्णय गर्दै छन् । चिनियाँ राष्ट्रपतिले यो महामारीबाट प्रभावित उद्योगहरूलाई पुनर्जीवन दिने प्याकेज बनाइरहेका खबर आउँछन् ।

जर्मन चान्सलर हुन् या फ्रान्सेली राष्ट्रपति प्रायः सबै देशमा यो सङ्कटसँग लड्ने सेनाप्रमुख भनेको सरकार प्रमुख नै देखिन्छन् । चीनमा पनि राष्ट्रपति नै अग्रमोर्चामा देखिएका थिए । नेतृत्व भनेको शायद त्यसैका लागि हो । सरकार वास्तवमैं खटिएको छ भन्ने देखियो भने आमजनतामा पनि अलि बढ़ी आत्मविश्वास आउने रहेछ । समस्या र आपतविपत् त जहाँ पनि पर्छ नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको

रविको बचाउदेखि सरकारको कामको कटाक्षसम्म, यस्तो छ संसदमा प्रचण्डको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ओलीलाई प्रचण्डको आग्रहः हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको बहुमतको दुरुपयोग गरेर