यसरी गरिँदैछ कोरोना भाइरसविरुद्धको खोपको परीक्षण



कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड १९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन् । सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन् ।

प्रायः रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि ४ सय बिरामीमा परीक्षण गरिँदैछ । त्यस्तो परीक्षण न्यूयोर्कमा हुँदैछ । मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन् ।

स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेका छन् । उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड १९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन् । उनीहरूले उक्त भाइरस सङ्क्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरेका छन् ।

ती बिरामीको संसर्गमा आएका झन्डै तीन हजारमा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइनेछ। । त्यो औषधि औलो रोग लागेका बिरामीलाई दिने गरिएको छ। त्यसले पनि कोरोनाभाइरसको फैलिने क्रम रोक्ने अपेक्षा गरिएको छ । अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ ।

वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ । उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड १९ हुँदैन । उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो ।

तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन । विज्ञहरूका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ । अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ । त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू