कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला निर्माण गर्न मुख्यमन्त्रीहरुलाई केन्द्र सरकारको निर्देशन



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले रोगको नमूना परीक्षणका लागि प्रयोगशाला निर्माण गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ ।

समितिले आइतबार सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशालाको निर्माण गर्न निर्देशन दिएको हो । समितिले भारतसँग जोडिएका सीमा नाकाहरुको निगरानीमा थप कडाई गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ ।

बैठकले कोरोनाको त्रासमा खाद्य आपूर्ति बन्द हुने अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक सामाग्री ‘फास्ट ट्रयाक’ बाट खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोनाको उपचारमा खटिने चिकित्सकको बीमा गर्ने निर्णय पनि गरेको छ । बैठकमा बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेको भन्दै सहज बनाइदिन माग गरेका थिए ।

अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाईदिन आग्रह गरेको जानकारी दिए । अहिलेसम्म स्वास्थ्य सामग्रीको अभाव नभएपनि पूर्व तयारीका रूपमा स्वास्थ्य सामग्रीहरू हुनुपर्नेमा मुख्य मन्त्रीहरूले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि