कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने



काठमाडौं । सार्क राष्ट्रका नेताहरुबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आज भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् ।

उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ । गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरुलाई अपिल गरेका थिए ।

मोदीको अपिललाई अरु सदस्य राष्ट्रहरुले जस्तै पाकिस्तानले पनि स्वीकारेपछि भिडियो संवाद सम्भव भएको हो । सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ ।

संवादमार्फत सार्क राष्ट्रका नेताहरुले आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन् । भारतमा कोरोनाका कारण दुईजना र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।

नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरुमा कोरोनाका विरामी भेटिएका छन् । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण विगत चार वर्षदेखि सार्कको गतिविधि शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्घाखाँचीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका

माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा