गाँजा र ‘गाँजे समृद्धि’का पक्षमा लड्दै आउनुभएका सबैलाई शुभकामना !



नारायण गाउँले ।

देशको समृद्धि खासमा गाँजामा लुकेको रहेछ ! अन्ततिर खोज्दा खोज्दै हाम्रो पुस्ता बित्यो । हिजो त्यो समृद्धि भन्ने जिनिस प्रजातन्त्रमा खोजियो, जङ्गलमा बन्दुक बोकेर खोजियो, स्कुल बसमा बम पड्काएर खोजियो, नारायणहिटीमा पुरेको छ कि भन्ने लाग्यो र कब्जा गरेर खोजियो । तर, पुच्छरसम्म पनि फेला परेन । देश केक जस्तो होइन भनेर खोजियो, केकजस्तै बनाएर पनि खोजियो । धर्म र संस्कार अफिम हो भन्दै किरियापुत्रीलाई लात हानेर खोजियो, सयौं वर्ष पुराना गुठी र संस्कृतिले पो कतै समृद्धि रोकेको हो कि भनेर तिनलाई जिस्क्याएर खोजियो । फेरि एक दिन लाग्यो, होइन कतै समृद्धि त्यतै पो छ कि ?

अनि होली वाइन पिएर पनि खोजियो । बाहिर नोट छाप्दा खासै समृद्धि भित्रिने नदेखेपछि मेसिन नै भित्ऱ्याएर धमाधम समृद्धि छाप्न सकिन्छ कि भनेर पनि खोजियो । अहँ, यो ज्याद्रो जिनिस कतै फेला परेन ।

सयौं वर्ष पुराना गुठी र संस्कृतिले पो कतै समृद्धि रोकेको हो कि भनेर तिनलाई जिस्क्याएर खोजियो । फेरि एक दिन लाग्यो, होइन कतै समृद्धि त्यतै पो छ कि ?

अबचाहिँ लाग्छ, समृद्धिको मूल भेटिएला भेटिएला जस्तो छ । गाँजा-विज्ञहरूलाई सुनेपछि थाहा भयो, हामीलाई चाहिने जति सबै कुरा त्यही बोटमा फुल्दो रहेछ । फर्निचरदेखि कपडासम्म, घरदेखि हवाइजहाज़सम्म, तेलदेखि औषधिसम्म र खाद्यान्नदेखि मनोरञ्जनसम्म एउटै बिरुवामा फल्दो रहेछ । दुईतीन वर्षमैं सबै गरिब किसानहरू करोड़पति बन्ने रोडम्याप नै रहेछ !

त्यसै पनि हामी विश्वकै ठूलो नमुनावादी हौं । उसो त हामी पहिलोवादी पनि हौं । काठमाडौंले मेयर पाएको सय दिनमैं विश्वको पहिलो नमुना शहर बनेको थियो । बादलले गृहमन्त्रीको रूपमा पहिलो भाषण नै नेपाल पुलिसलाई विश्वकै नमुना पुलिस बनाउने भनेर गरेका थिए । हाम्रो संविधान त विश्वकै नमुना भनेर स्वर्गीय सुशीलदेखि प्रचण्डसम्म सबैले भनेको सुन्नुभएकै होला । उसो त चुनाब हारेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्ने प्रस्ताव पनि कम नमुना होइन ।

हाम्रो पुस्ता समृद्धिको घनचक्करमा रूमल्लिएर बुढ़िए पनि हाम्रो युवापुस्ताले भने गाँजाको बगानमा उभिएर समृद्धिको रस चाख्ला भन्ने आशा साथ गाँजा र ‘गाँजे समृद्धि’का पक्षमा लड्दै आउनुभएका सबैलाई शुभकामना !

एशियाको नमुनासम्मले हाम्रो चित्तमा टेस पर्दैन । विमानस्थल होस् या सार्वजनिक शौचालय, हामी विश्वकै पहिलो र नमुना भएको दाबी गर्छौं । प्रधानमन्त्रीले त नेपाललाई विश्वकै पहिलो भ्रष्टाचारमुक्त देश बनाउने दाबी गर्नुभएको थियो । यो उहाँले पनि बिर्सिनुभो होला र सुन्नेले पनि बिर्सिसके होलान् । कति कुरा सम्झिराख्नु ! हाम्रो विकास कस्तो छ भनेर उहाँलाई सोध्नुभो भने सामान्य नेपाली ‘जनता’, छिमेकी देश या एशियाली देश दङ्ग पर्ने भन्ने जबाफ होइन, विश्व नै चकित पर्ने गरी विकास अघि बढेको जबाफ आउँछ । आफ्नो भाग पाए जस्तोसुकै मुद्दामा पनि चुप लाग्ने प्रतिपक्षी दलका नेता र स्वास्थ्यले कुनै कार्य गर्न नदिए पनि ‘कार्यकारी’ प्रधानमन्त्री पनि साह्रै सानो नमुना त होइन । पहिलो र दोस्रो विश्वयुद्ध धेरै देशका धेरै सिपाहीले लडेका थिए तर हामीलाई लाग्छ, तीमध्ये सबैभन्दा वीर र चर्चित हामी गोर्खाली नै थियौं ।

हामीलाई समृद्धि मात्रैले पुग्दैन । त्यो विश्वकै पहिलो र नमुना खाले समृद्धि हुनुपर्छ । र, यो प्राप्त गर्ने एकमात्र उपाय भनेको गाँजा हुनसक्छ । गाँजाले समृद्धि आउँछ भन्ने त सबैलाई थाहा भयो, आजसम्म गाँजा बेचेरै समृद्ध बनेको अर्को कुनै देश नभेटिएकाले नेपाल पहिलो देश बन्न सक्ने सम्भावना पनि ठूलो देखियो ! हाम्रो पुस्ता समृद्धिको घनचक्करमा रूमल्लिएर बुढ़िए पनि हाम्रो युवापुस्ताले भने गाँजाको बगानमा उभिएर समृद्धिको रस चाख्ला भन्ने आशा साथ गाँजा र ‘गाँजे समृद्धि’का पक्षमा लड्दै आउनुभएका सबैलाई शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,