असहमति



डा. गोविन्दशरण उपाध्याय ।

मेरो सधैं असहमति छ –
(१) पश्चिमाहरूको नक्कल गर्दै बृद्धभएका आफ्ना वुवाआमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसंग |

(२) सधैं नेपाल र नेपाली संस्कृतिको वदनाम गर्ने र नेपालमा सधैं वेथिति, भ्रष्टाचार र समस्यामात्रै छ भनेर विश्वमंचमा रिपोर्ट पेस गर्दै भविष्यको लागि डलर सुरक्षित गर्नेहरूसंग |

(३) आफुले जन्माएका सन्तानलाई आफैसंग राखेर शिक्षादीक्षा दिनुको साटो होस्टलमा पठाएर वा काम गर्नेको जिम्मा दिएर (कामकाजी भएकोले व्यस्त भएको कारण देखाएर) धर्म, संस्कृतिसहित आमावुवाबाट प्राप्त हुने प्राकृतिक प्रेमबाट वन्चित राख्ने मातापिताहरूसंग

(४) ३५०० वर्षदेखि एकआपसमा मिलेर मिलेर सहअस्तित्वमा रहेको नेपाली सामाजिक संस्थाका सम्मानित सदस्यहरू बीच नाक, भाषा, भूगोल, जातजाति, लिंगका आधारमा एकआपसमा घृणा गर्न सिकाउने राजनैतिक दलहरू र तथा कथित सामाजिक अभियन्ताहरूसंग |

(५) रक्सी खाने, विवाहेतर यौन सम्वन्ध बनाउने, मातापितालाई, वृद्धाश्रममा पठाउने कुराको वकातल गर्ने, करियर बनाउने नाममा पारिवारिक जीवनलाई महत्वहिन ठान्नेजस्ता विचारधाराहरू बोकेर आफुलाई आधुनिक भएको ठान्ने मूर्खतापूर्ण सिद्धान्त बोक्ने मूर्खहरूसंग |

(६) विश्वका प्राचिन सभ्यताहरूलाई खरानी बनाउने विदेशी विदेशी एकेश्वरवादी सम्प्रदायहरूको इतिहास र लक्ष जान्दाजान्दै पनि तिनलाई नेपालको मूलधारका सम्प्रदायहरूसरह नै अधिकार उपयोग गर्न दिनुपर्छ भन्ने र तेसको लागि मानवतावादको आवरण ओढ्नेहरूसंग |

(७)नेपालको गौरवमय इतिहास बुझाउने ठाउँमा धर्मनिरपेक्षताको आवरण ओढेर कट्टरपन्थी इसाई र मुस्लिम विचारधाराहरूको सम्मान गर्ने वा तिनको पक्षपोषण गर्ने नियतले पाठ्यपुस्तकमा नेपालका मौलिक कथा, इतिहास, परम्पराको जानकारी दिन नसक्ने पानीमरुवासंग |

(८) सांस्कृतिक तथा धार्मिक आवरणमा आफ्नै छिमेकिलाई “छूत, पानी नचल्ने सानो जात” भनेर आफुलाई सभ्य, सम्मानित र ऊच्चतहको मान्ने कठमुल्लाहरूसंग |

(९) मन्दिर-मन्दिर धाएर देवीको पूजाआजा गर्ने तर आफ्नै पत्नी, आमा, फुपू, छोरीसंग असमान व्यबहार गर्ने, अपमानित गर्ने र विभिन्न लान्छना लगाएर दोस्रो दर्जाको व्यबहार गर्नेसंग |

(१०) अधिकारका नाममा घोर स्वच्छन्दतावादको वकालत गर्दै विवाह-संस्थाको प्राकृतिक सिद्धान्त विरुद्ध उभिने र यौनजन्य स्वच्छन्द यौनजन्य क्रियाकलापलाई नै “स्वतन्त्रताको पूर्णता” मान्ने महिला तथा पुरुषहरूसंग |

(११) आफ्नै पुर्खाले देखाएका महत्वपूर्ण सामाजिकीकरणका विषयवस्तुलाई अस्वीकार गर्दौ विदेशी राजनीतिको नक्कल गरेर ऋषिमुनिहरूले लाखौंलाख वर्ष लगाएर विकसित गरेका व्यबस्थाहरूप्रति घृणा फैलाउने राजनैतिक संस्कार बोकेका राजनीतिज्ञहरूसंग |

(१२) ती कूटनैतिक व्यक्ति, नेता, पण्डित, संस्था, समाजसेवी वा कर्मकाण्डी जसले सधैं “हाम्रो संस्कृति विश्वको सबैभन्दा प्राचीन तथा पूर्ण र विज्ञान सम्मत” छ भनेर कोकोहलो गर्ने तर वेद, गीता र साहित्यमा ऋषिमुनिहरूले प्रतिपादन गरेका विषयहरू सङ्कलन गरेर बुझ्ने भाषामा जनतासम्म न पुर्याउनेसंग |

(१३) ती व्यक्ति जसले देश, धर्म, संस्कृति तथा असलपरम्पराहरूको पुनरोत्थान गर्ने विचारहरू प्रवाहित गर्दै जनताको भावना जितेका छन् तर मूलतः केवल आफ्नो अहङ्कारलाई अगाडी सार्ने र आफ्नो पूजा गराउन उद्यतहरूसंग |

(१४) जुन शिक्षानीतिले गरीव र हुनेखानेका छोराछोरीहरूका लागि फरकफरक शिक्षाको तर्जुमा गरेर (अंग्रेजी पढे सभ्य, वैज्ञानिक, आधुनिक भन्ने मनोविज्ञानको सृजना गरेर जनसाधारणलाई भ्रमित पारेको छ र गरीवहरू सरकारी विद्यालयमा पढ्छन्, हुनेखाने अंग्रेजी स्कूलमा पढ्छन् ) आफ्नो मौलिक शिक्षाप्रति वेवास्ता गर्दै “टाई-शिक्षा”मा होमेको छन् तथा सरकारी तवरबाट नै आफ्नो मौलिक भाषाहरूको उत्थानमा ध्यान दिनु पर्ने ठाउँमा विदेशी भाषा (अंग्रेजीलाई मात्र) महत्व दिनेसंग (अंग्रेजी महत्वपूर्ण भाषा हो जान्नु पर्छ तर आधुनिकताको नाममा थोपरिनु हुँदैन)

(१५) आर्य शब्दलाई विदेशी आक्रमणकारी जातिका रूपमा थोपर्ने, बहुमतले सरकार वनाउने तर वहुमतको चरम उपेक्षा गर्ने, विदेशी सिद्धान्तकारहरूको फोटो पूज्ने तर पशुपतिनाथमा नगएको मा गर्व गर्ने र आफै विदेशी धर्म, संस्कृति, राजनीतिको दास बनेर देश हाक्नेहरूसंग |

यदि मेरा असहमतिहरू कसैको व्यक्तिगत जीवनसंग मिल्न गए मैले तेसलाई स्वाभाविक मान्ने छु | यसका लागि मलाई कुनै प्रकारको खेद हुने छैन | वरू, निजले मैले देखाएका असमतिका वूँदामा आत्ममन्थन गरेर नेपाल र नेपालीको उन्नयनतिर लाग्न प्रेरणा प्राप्त गरोस् चाहन्छु | साथै, मेरा उपरोक्त असहमतिसंग असहमत हुनेहरूको नागरिकता नेपाली भए पनि मनचाहिं नेपाली होइन भनेर बुझ्न सजिलो हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही