मेलामाइन – भ्रम तथा यथार्थ



सुरक्षित खाद्यान्न उपभोग गर्न पाउनु हरेक नागरीकको नैर्सगिक अधिकार हो । खाद्यान्नमा मिसावट गर्नु, न्यूनस्तर र कमसल किसिमको खाद्यान्न उत्पादन र बिक्रि बितरण कानूनी रुपमा दण्डनिय अपराध हो । अतः नेपालको कानूनले खाद्य पदार्थमा मिसावट पूर्ण रुपमा निषेध गरेको छ । यसै सन्दर्भमा बाल बालिकाले उपभोग गर्ने शिशु आहार लगायत खाद्य पदार्थमा मेलामाईनको मिसावटलाई लिएर थुप्रै बहस हुने गरेको छ । अझै राष्ट्रको भविष्यको रुपमा रहेका बालबालिका र तिनको स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम कानूनी रुपमा झनै दण्डनिय अपराध मानिन्छ । कुनैपनि बिषयमा बहस गरिरहँदा यससँग सम्बन्धित तथ्यमा छलफल हुनु आवश्यक देखिन्छ ।

मेलामाइन र यसको प्रयोग

मेलामाइन एक रासायनिक पदार्थ हो । यसको प्रयोग औद्याेगिक रुपमा विभिन्न उद्याेगमा हुने गर्दछ । मेलामाइनको प्रयोग बिशेष गरी विभिन्न औद्याेगिक उत्पादनहरु जस्तै प्लास्टिक, प्लास्टिकका सामान, रासायनिक मल, एडहेसिभ, भान्सामा प्रयोग हुने चम्चा, प्लेट लगायत सामाग्रीमा हुने गर्दछ । यस बाहेक मेलामाइनको प्रयोग हाम्रो दैनिकी सँग जोडिएमा अन्य थुप्रै उत्पादनमा पनि हुने गर्दछ ।

खाद्य पदार्थमा मेलामाइन

हाम्रो दैनिकीसँग जोडिएका थुप्रै चिजमा यसको प्रयोग हुने गरेता पनि खाद्य पदार्थमा यसको प्रयोगले मान्यता पाएको छैन । मेलामाइन आफैमा नाइट्रोजनको उच्च श्रोत रहेको कारणले गर्दा खाद्य पदार्थमा प्रोटिनको मात्रा भ्रमपूर्ण तरिकाले बढाउनको लागी यसको प्रयोग हुने गरेको पाइन्छ । दुधमा प्रोटिनको मात्रा हिसाब गर्दा त्यसमा रहेको नाइट्रोजनलाई आधार मानेर निकालिने हूँदा मेलामाइनको प्रयोगले दुधमा नाइट्रोजनको मात्रा बढाउने र त्यसले गर्दा दुधमा प्रोटिनको मात्रा बढेको भ्रम पर्न जान्छ । त्यसैले यसको प्रयोग खासगरी जहाँ दुधको मूल्य प्रोटिनलाई आधार मानेर गरिन्छ त्यहाँ दुधमा प्रोटिनको मात्रा भ्रमपूर्ण तरिकाले बढाई धेरै पैसा लिनको लागी यसको प्रयोग हुने गरेको देखिन्छ । तर खाद्य पदार्थमा मेलामाइनको प्रयोगमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै रोक लगाईएको छ । विश्व स्वास्थ्य संगठन, एफ. ए. ओ, कोडेक्स लगायत संस्थाले पनि तोकेको सिमा भन्दा बढी मात्रामा खाध्य पदार्थमा मेलामाईन भेटिनुलाई जोखिमपूर्ण मानेको छ र तोकेको मात्रा भन्दा बढी मेलामाइनले स्वास्थ्यमा हानी पुर्याउने उल्लेख गरेको छ ।

चिनियाँ मेलामाइन प्रकरण २००८ र यसको अन्तराष्ट्रिय मापदण्ड

सन् २००८ मा चीनमा २२ वटा चाइनिज डेरी कम्पनीको उत्पादनमा तोकिएको सिमा भन्दा ५०० प्रतिशत भन्दा बढि मेलामाइनको मात्रा पाइयो । जसले गर्दा चाइनामा सो समयमा मेलामाइन मिसावट भएको दुधको प्रयोग गरी बनाइएको शिशु आहारको प्रयोगले हजारौ शिशुहरु बिरामी भएको समाचार बाहिरिए पछी सम्पूर्ण विश्वको ध्यान त्यस घटनातर्फ तानिएको थियो । सो समयमा ती उत्पादनहरुमा तोकिएको सिमा भन्दा अत्याधिक मात्रामा (२५६० मिलिग्राम प्रति के.जी सम्म) मेलामाइन पाईएको थियो । सो प्रकरणपछि विश्व स्वास्थ्य संगठन र एफ. ए. ओ को संयुक्त पहलमा कोडेक्स कमिटिले खाद्य पदार्थमा मेलामाइनको अधिकतम सिमा तोक्ने काम गर्याे । जसमा शिशु आहारमा मेलामाइनको अधिकतम मात्रा १ मिलिग्राम प्रति के.जी र शिशुआहार बाहेकका अन्य खाद्य तथा पशुआहारमा अधिकतम मात्रा २.५ मिलिग्राम प्रति के.जी सिमा निर्धारण गर्यो । सोहि आधारमा नेपाल लगायत थुप्रै मूलुकले कोडेक्सले तय गरेको मापदण्ड लाई आधार मानेर आ–आफ्नो देशमा मेलामाइनको अधिकतम सिमा तोक्ने र सोही मापदण्ड लागु गरेको पाइन्छ ।
अन्त्यमा,
मेलामाइन सिधै कुनै पनि प्रकारको खाध्य पदार्थमा मिसाउन हुँदैन र पाइँदैन । तथापी अन्य विभिन्न स्रोत, पशुआहार हुँदै दुग्ध पदार्थमा यसको अवशेष आउने हुँदा यस्ता अवशेषको रुपमा आउने कुरालाई समेत सिमा निर्धारण गरि नियन्त्रण र नियमन गर्नको लागी नेपाल सरकारले निर्माण गरेको अन्तराष्ट्रिय मापदण्ड अनुरुपको मापदण्डलाई हचुवाको भरमा मानव स्वास्थ्यमा असर गर्ने गरी खाद्य पदार्थमा बिष (मेलामाइन) मिसाउन दिएको भन्ने हल्ला निराधार छ । सरकारले यस्ता मापदण्ड बनाउने कुरा एक नियमित प्रक्रिया हो र मानव स्वास्थ्य अनुकूल अधिकतम सहनसीमा कै आधारमा मापदण्ड निर्धारण गरिएको हुन्छ जसको सहायताले सरकारले खाद्य पदार्थको उत्पादन र आयातमा यस्ता बस्तुको नियन्त्रण र नियमन गर्ने गर्दछ । तोकिएको सिमाभन्दा कम मात्रामा यस्ता पदार्थ अवशेषको रुपमा खाद्य पदार्थमा उपस्थित भएको खण्डमा पनि यस्ता पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने कुरा अनुसन्धानहरुले देखाउँछ । अतः कागले कान लग्यो भन्दैमा पहिले कान नछामी कागको पछाडी नकुदौ ।
निरन्जन तिमिल्सेना (डेरी टेक्नोलोजिस्ट), कोषाध्यक्ष – नेपाल डेरी साइन्स एशोसियशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान