‘खाने कुरामा राजनीति गर्न मिल्दैन’



डा. गोविन्दशरण उपाध्याय ।

शरीर…
हरेक मान्छेसंग एउटामात्र शरीर छ | आजसम्म विज्ञानले यसको विकल्प खोज्न सकेको छैन | मान्छेले सबैथोक छोड्न सक्छ तर शरीर छोडेर रहन सक्दैन | शरीर रहे सुखदुख अनुभव गर्न मिल्छ, पापपुण्य भोग्न मिल्छ र राम्रो-नराम्रो अनुभूति गर्न सकिन्छ | शरीरलाई माया गर्नुको अर्थ -शरीरलाई पुल्पुल्याउने होइन यसको समुचित हेरविचार गर्ने हो |

जसले शरीरसंग अन्याय गर्छ, उसले अरूसंग न्याय गर्न सक्दैन | जसले आफ्नो शरीरलाई पुल्पुल्याउछ उसले शरीरको प्रकृतिलाई बुझेको हुँदैन | मुखलाई स्वादिलो लाग्ने धेरैजसो खाद्य र पेय वस्तुहरू शरीरका शत्रु हुन्छन् | मुखबाट शत्रुहरू पेटमा पठाएर शरीरलाई कष्ट दिनेहरू असलमा न सुखी हुन सक्छन् न खुसी नै |

तेसैले शरीरका लागि सुपथ्य वस्तु खाऔं र शरीरको प्रकृति सुरक्षित गरौँ | कमसेकम वेदले भनेका शयवर्ष बाँच्ने प्रतिज्ञा पूरा होस् भन्ने कामना त् गरौँ | बौद्धिक काम गर्नेले सात्विक आहार, शारीरिक परिश्रम गर्नेले राजसिक आहार र तामसिक आहार खानका लागि होइन, के खानु हुँदैन भनेर बुझ्नमात्र प्रयोग गर्नुपर्छ |

सबै विषयमा राजनीति गर्न मिल्छ तर खाने कुरामा राजनीति गर्न मिल्दैन | भोजन असल भए शरीर असल हुन्छ, शरीर असल भए धर्म, अर्थ, काम र मोक्ष सहज हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरुङमार्गका बाइपास सुरुङको ‘ब्रेक थ्रु’(फोटोफिचर)

पाल्पा । सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

पोखराका केही क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग, अदालती प्रक्रियालाई सघाउने वचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित

एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार