दाङ पुगेर महराले भने -नेपालको सर्वभौमसत्ता रक्षाका लागि सधैं लडिरहन्छु



दाङ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन् । दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले जनताको माया, शुभेच्छा र सम्मानले गर्दा नै आफ्नो जित भएको बताए ।

उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए । “नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गर्दै त्यसकालागि सधै लडिरहने बताए ।

अहिले आफू धेरै बोल्ने पक्षमा नरहेको उनले बताए। उनले जनताको तागतको अगाडि कसैको केही नलाग्ने भन्दै आफूलाई जनताको साथ रहेको बताए । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास मुद्दामा तीन महिना जेल परेका महरा अदालतले सफाई दिएपछि पहिलोपटक घर आएका हुन् ।

उनी सडकमा कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही–१७ पनौरास्थित घर गए । उनलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग