बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले रोल्पाबाट अध्ययन शुरु गर्ने



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुवेदीले व्यक्ति बेपत्ता भएकाले सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।

“विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ”, अध्यक्ष सुवेदीले भने । आयोगमा सो अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेको थियो भने ११ जिल्लामा अध्ययन बाँकी छ ।

नौ महिनाको रिक्ततापछि आयोगमा पदाधिकारी नियुक्ति भएको छ । गत चैत मसान्तबाट नै पदाधिकारीको समय सकिएको थियो तर पदाधिकारी सिफारिस समितिले गत माघ ४ गते आयोगमा पदाधिकारी सिफारिस गरेको थियो । आयोगमा नयाँ पदाधिकारीले बाँकी जिल्लाको काम रोल्पाबाट अध्ययन शुरु गर्ने तयारी गरेको छ । पाँच अनुसन्धान अधिकृत नियुक्ति गरेर चार समूह बनाएर बाँकी जिल्लाको अध्ययन सम्पन्न गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले द्वन्द्वकालीन घटनासँग जोडिएका घटनामा उच्च ओहदाका र सामान्य सबै अनुसन्धानको दायरमा ल्याउने जानकारी दिँदै शङ्कास्पद कुनै स्थान भएमा त्यसको छिट्टै उत्खनन गर्ने बताए । आयोगको गत माघ २६ गते बसेको बैठकले सङ्क्रमणकालीन ऐन संशोधन गर्न कानून मन्त्रालयलाई सुझाव बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ