स्वास्थ्य मन्त्रालयले भन्यो -तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ । सरकराले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ । अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयका अनुसार चीनको हुवेइ र वुहानलगायत २२ प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ । उक्त भाइरस चीनसहित २४ देशमा देखिएको छ । सरकारले कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक तयारी र उच्च सतर्कता अपनाइएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ । क्यारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्य परीक्षण गरी शङ्कास्पदको प्रयोगशालामा परीक्षण गरिने, रोग लागेको शङ्का लागेमा आइसोलेसनमा राखिने, रोग सर्न नदिन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको आधारमा काम गरिने र सङ्क्रमित व्यक्ति भेटिए उपचारपछि निको भए पनि सङ्गठनको मापदण्डअनुसार नै अन्य व्यक्तिसँग सम्पर्कमा आउन नमिल्ने गरी राख्ने व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

चीनबाट ल्याउन लागिएका विद्यार्थी कोरोना भाइरसबाट सङ्क्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना