चीनबाट उद्दार गरी नेपालीलाई ल्याएपछि विमानस्थलमा के गर्नुपर्छ ?
चीनको वुहानबाट नेपालीहरुलाई ल्याउने हो भने विमानस्थलमा राम्रोसँग निर्मलिकरण गर्नुपर्छ, त्यसका लागि गर्नु पर्ने कार्यहरुः
१) निर्मलिकरणको लागि अलग क्षेत्र बनाउने, जहाजबाट झर्नासाथ ०.५ प्रतिशत ब्लीचिङको घोलले राम्रोसँग नुहाउने ।
२) ब्लीचिङले नुहाएपछि लुगा खोलेर फेरि साबुन पानीले नुहाउने, पुरानो लुगा सबै प्लास्टिक को थैलोमा बाधेर नयाँ लुगा लगाउने ।
३) ल्याएका ब्यागहरु सबै प्लेन भित्र नै प्लास्टिकको थैलोमा बाँध्ने ।
४) मोबाईल, पर्स अनी पासपोर्टलाई पनि प्लास्टिकको थैलोमा बाँध्ने, विमानस्थलमा पासपोर्ट खोलेर अध्यागमनको काम गर्न लागे भाइरस फैलिने डर हुन्छ, त्यसैले त्यो काम १५ दिनपछि गर्नु पर्छ ।
५) विमान भित्र पनि निर्मलिकरण गर्ने, अनी नुहाएको पानीमा अरु ब्लीचिङ हालेर खाल्डो खनेर पुर्ने ।
डा. अच्यूत अधिकारी, सहप्राध्यापक, रसायनशास्त्र केन्द्रीय विभाग, त्रिवि