गच्छदारको बचाउमा नेपाली कांग्रेसद्वारा सदन र सडकमा आन्दोलन



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि नेपाली कांग्रेस उनको बचाउमा सदन र सडकमा उत्रिएको छ ।

बिहीबारदेखि सदन अवरुद्ध गरेको कांग्रेसले शुक्रबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबारदेखि त भातृसंगठनलाई पनि गच्छदारको बचाउनमा कांग्रेसले सडकमा उतारेको छ । कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

नेविसंघ, तरुण दल लगायतका भातृ संगठनको अगुवाईमा माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्वप्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्का नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नु प्रचण्डका निम्ति श्रेयस्कर हुन्छः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको

प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

काठमाडौं । राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ फर्किएका

प्रचण्डलाई बाबुरामको कटाक्षः ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले….’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले मन्त्रीहरु राजीनामा