अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोगमा सफाइ



अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्तत: राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्। बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ: “राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा २९ माओवादी छापामारको मृत्यु

सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा २९ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा