किन विथोलियो राप्रपाको एकता प्रक्रिया ?



काठमाडौं । एमसीसीबारे संयुक्त धारणा बनाउने प्रस्ताव कमल थापाले नमानेपछि राप्रपाहरूको एकता हाललाई पर सरेको छ । पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच चरण–चरणमा जारी एकता वार्ता सकारात्मक दिशामा अघि बढीरहेको थियो ।

राप्रपा (संयुक्त) र राप्रपा नेपालका कार्यकर्ताहरूले पार्टी एकताको संभावनालाई सुखदरूपमा ग्रहण गरीरहेका थिए । गत महाधिवेशनको सैद्धान्तिक धरातलमा एकता गर्ने, तीन अध्यक्ष कायम राख्ने सहमति भएको थियो ।

चुनाव चिन्हमा समझदारी भएपनि, घोषणाको प्रक्रिया र समय अवधि तय हुन बाँकि थियो । तर, वार्ता सौहार्द थियो । राणा, लोहनी र थापा तीन अध्यक्षहरूको मर्यादाक्रम क्रमशः तय भएको थियो ।

राप्रपा (संयुक्त) ले ५५ प्रतिशत र राप्रपा नेपालले ४५ प्रतिशतका दरले भाग प्राप्त गर्ने नीति तय भएको थियो । यसैबीच छलफलकै क्रममा दोस्रो पुस्ताका नेताहरूले कार्यकर्ताका सुझावमा पनि ध्यान दिन अध्यक्षहरूको ध्यानाकर्षण गरे । सुझावमा, पार्टी एक हुने क्रममा एमसीसीबारे एकीकृत दृष्टिकोण सार्वजनिक गर्ने ।

२०४६ सालपछि सार्वजनिक पद धारण गरेका नेताहरूको सम्पति सार्वजनिक गर्ने । भारतीय जनता पार्टीमा जस्तो नेतृत्व हस्तान्तरणको मोडल महाधिवेशनमा छलफल गर्ने विषय समावेश थिए ।

कार्यकर्ताका सुझावबारे राणा र लोहनी सकारात्मक रहेपनि थापा भने छलफलमै प्रवेश गर्न मानेनन् । पार्टी सुत्रअनुसार, यसपछि एकता वार्ता पूर्ण अवरूद्ध नभएपनि अन्योलग्रस्त बनेको छ ।

अन्य विषयमा टुंगो नलागेपनि, नेपाल र नेपालीको हितमा केन्द्रित रहेर कमसेकम एमसीसीबारे पार्टीगत धारणा सार्वजनिक गरौं भन्नेमा कार्यकर्तापंक्तिको जोड थियो । एकतावद्ध भएर यसरी जनतामा जाँदा राष्ट्रवादी जनमत आकर्षण गर्न सकिने, विगतको गल्ती सच्चिने भन्ने तर्क थियो । पार्टीभित्रको जनमत तर थापाले स्वीकार गरेनन् । किन गरेन्न, कारण रहस्यकै गर्भमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही