यस्तो छ नेकपाको केन्द्रीय कमिटी बैठकमा महासचिव पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन(पूर्णपाठसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा महासविच विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी बैठकमा महासचिव पौडेलले प्रस्तुत गरेको १९ पृष्ठ लामो संगठनात्मक प्रतिवेदनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नयाँ पार्टीमा गुट–उपगुट झनै झांगिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले अझै पनि पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, संस्थागत र कमिटी प्रणालीमा आधारित बनाउन सकेका छैनौं, ‘पूर्व समूहको मानसिकता र पूर्व समूहका पनि गुटका प्रशाखाहरू पार्टीसामू चुनौती बनेर उपस्थित भएका छन् । पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको छ । अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको छ।’

महासचिव पौडेलले पार्टीमा गुटबन्दी संस्थागत नै हुने अवस्थामा पुगेकोतर्फ पनि चिन्ता व्यक्त गरेका छन् । पौडेलको प्रतिवेदनमा क्रान्ति गर्नुभन्दा क्रान्तिका उपलब्धि जोगाउन कठिन हुने कुराबाट नेकपाले पाठ सिक्नुपर्ने पनि उल्लेख छ ।

यस्तो छ महासचिव पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन(पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि