चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो



चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ। चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।

वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ। कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।

यो परियोजनाले “हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छ” र यो “छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,” चान्गजीयाङ पत्रिकामा भनिएको छ।

वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। चार मध्ये एउटा मामला गम्भीर मानिने गर्छ।

चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्। थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ। धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमसीसी बोर्डद्वारा नेपाललाई ५० मिलियन डलर अनुदान थप

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदानमा ५० मिलियन अमेरिकी

दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ

सुमना श्रेष्ठ । राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र

मुगुमा भूकम्प

काठमाडौं । मुगुमा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा

१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य