सभामुख चयनका विषयमा ओली र प्रचण्डबीच छलफल



काठमाडौं । सभामुख चयनको विषयमा सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । तीन पटक सूचना टाँसेर स्थगित गरिएको संसद् बैठक माघ ६ गतेका लागि बोलाइएको छ । नेकपामा कसलाई सभामुख बनाउने भन्ने विषयमा विवाद छ ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुभास नेम्वाङलाई र अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन खोजेका बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भने उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउनु पर्ने पक्षमा रहेको बताइएको छ ।

यस अघि नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको थियो। तर उनले सभामुखको उम्मेदवार चयन नहुँदासम्न राजीनामा नदिने अडान लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै