पाँच हजार वर्ष पहिलाकाे शिक्षा पद्दति र ज्ञान



डा.गोविन्द उपाध्याय

आज भन्दा पाँच हजारवर्ष पहिले विश्वको जनसंख्या करिव ६ करोड रहेको अनुमान गरिन्छ | त्यस बखतको विश्वमा कति मान्छेहरू शिक्षित थिए होलान् ? अनुमान गर्न पनि गाह्राे छ |

भनिन्छ, भारतवर्षमा वेदको रचना हुँदा केवल १. ५ करोड जनसंख्या थियो | वेदहरूको रचनात्मक पक्ष बुझ्दा निरक्षर व्यक्तिले वेदको रचना गर्नै सक्दैन | नासदीय शुक्तजस्ता गहनतम चिन्तनको रचना निरक्षरले गरेका हुन् भन्ने पश्चिमाहरूको बुझाई गलत छ |

आजभोली शिक्षा भन्दा साथ विद्यालय भवन, शिक्षक-शिक्षिका, पाठ्यपुस्तक, पाठ्यसामग्री, बालबालिका, युवक-युवति र शैक्षिकसत्र तथा प्रमाणपत्र सम्झिनुपर्छ |

ज्ञानको ठेक्का विद्यालयले लिएका छन् | मान्छेको शीप र उसको ज्ञानको प्रमाण एकता कागजको खोस्टोले दिन्छ | मान्छेको ज्ञानको भन्दा उसले प्राप्त गरेका कागजको मूल्य बढी हुन्छ |

तर वेद, उपनिषद्, पुराणआदि लेख्ने व्यक्तिहरूसँग कुनै पनि प्रकारको सर्टिफिकेट थिएन | तर उनीहरू अशिक्षित थिएनन् | अज्ञानी थिएनन् | सीपरहित थिएनन् |

ज्ञानको ठेक्का विद्यालयले लिएका छन् | मान्छेको शीप र उसको ज्ञानको प्रमाण एकता कागजको खोस्टोले दिन्छ | मान्छेको ज्ञानको भन्दा उसले प्राप्त गरेका कागजको मूल्य बढी हुन्छ |

निश्चय नै, आजभन्दा ३ हजार वर्ष पूर्वको समाज अशिक्षित थिएन | अपठित थिएन | अज्ञानी थिएन | समय फरक थियो | पठनपठन र सिकाई-बुझाईको पद्यति फरक थियो | घोकेर, घोकाएर, मुखाग्र गरेर पढ्ने, बुझाउने तथा पुस्तान्तरण गर्ने “विधि” पनि शिक्षा विधि नै हो | कृषि गर्नेले कृषिमय जीवन विताएझैँ पढ्नेले पठनमय जीवन व्यतीत गर्नुपर्थ्यो |

वेदी, द्वीवेदी, त्रिवेदी र चतुर्वेदीहरूले कृषि गर्न असम्भव नै थियो | एउटा व्यक्तिले स्वयंलाई जीवित पुस्तकालयमा रुपान्तरित गर्नुपर्थ्यो | पढ्ने/लेख्ने व्यक्ति मोबाइल लाइब्रेरी हुन्थ्यो |

एउटा व्यक्तिले आफुलाई शिक्षाका लागि समर्पण नगरेसम्म “जीवित पुस्तकालय” बन्ने सक्ने अवस्था नै थिएन | श्रुति र स्मृति परम्परा भनेको यही हो |

एउटा व्यक्तिले स्वयंलाई जीवित पुस्तकालयमा रुपान्तरित गर्नुपर्थ्यो | आफुलाई शिक्षाका लागि समर्पण नगरेसम्म “जीवित पुस्तकालय” बन्ने सक्ने अवस्था नै थिएन |

वेदी, द्वीवेदी, त्रिवेदी र चतुर्वेदीहरूले मस्तिष्कमा वेदहरू बोकेर हिड्थे | समाजले यिनीहरूको सुरक्षा गर्नुपर्थ्यो | मान्छेलाई नै “मोबाइल-पुस्तकालय”का रूपमा विकसित गर्न ती बाट पुन: अर्को पुस्ता तयार गर्न सजिलो थिएन | निश्चय नै, त्यस बखत पनि शिक्षा ग्रहण गर्नुभन्दा कृषि र खेतीपाती नै सजिलो रह्यो होला |

आचार्य, गुरू र उपाध्यायहरू “जीवित-पुस्तकालय”को जीवन यापन गर्थे | आचार्यहरूले पाठशालाहरू संचालन गर्थे जहाँ गुरू तथा उपाध्यायहरूले आफ्नो स्मरणमा रहेको ज्ञान पुस्तान्तरण गर्थे |

आजभन्दा फरक यतिमात्र थियो कि जुन बालबालिकाको स्मरण शक्ति तीब्र र प्रखर हुन्थ्यो, उनीहरू आचार्य, गुरू, उपाध्याय, योद्धा, संगीतज्ञ, बैद्य आदि बन्थे | अन्य, आफ्नो पारिवारिक पेशाजीवी हुन्थे |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा