‘गंगाको पानी जस्तै जीवनको वहाव’



गङ्गाले सहजै धर्मको बोध गराउँछिन् 

हिन्दू मान्यतामा गङ्गाको किन यति धेरै महत्व छ ? पूजा पूर्व गङ्गा स्नान किन आवश्यक छ ? अनि मूर्तिलाई जलले किन सिञ्चित गर्नु परेको हो ? किन जल पवित्र महाप्रसाद हो ? त्यसको गहिरो कारण छ ।

अस्तित्वको सबैभन्दा परम् सत्य भन्नु पल प्रतिपल रूपान्तरित भइरहनु हो । अस्तित्वको यही सत्यलाई बोध गर्ने बितिक्कै यो भव संसारको महाजालबाट मानिस मुक्त भई सहजै आनन्दको जीवन जीउन सक्छ । तर अस्तित्वको रूपान्तरण यति दु्रतगतिमा हुन्छ कि हाम्रो आँखाले त्यसलाई पछ्याउन सक्दैन । यसकारण हामी पलपलको रूपान्तरको साक्षी हुन सकेका छ्रैनौं । तर गङ्गाको निरन्तरको प्रवाहको हामी साक्षी हौं । त्यसैले गंगा त्यस्तो आधार हुन्, जसको सामिप्यमा मानिसले अस्तित्वको यही सत्यलाई सहजै बोध गर्न सक्छ । बहँदै गरेको गङ्गा हरेक क्षण क्षणमा अर्कै गङ्गा हुन् । गङ्गा जस्तै अस्तित्वको हरेक कुरा क्षणप्रति क्षण अर्कै हो ।

वास्तवमा रूपान्तण भन्नु नै जीवन हो । यो जगतमा कुनै पनि कुरा निर्जिव छैन । फूलको जस्तै पत्थरको पनि प्राण छ । पहाड पनि निर्जिव छैन । फूलको जीवनको अवधि जस्तै, मानिसको आयु जस्तै, पत्थरको र हिमालको पनि आयु हुन्छ । हजारौं हजारौं वर्षको आयु । आयु हुनुको अर्थ नै जीवन हुनु हो । रूपान्तणको प्रक्रिया जति गतिमान छ, त्यति नै मात्रामा जीवन हुन्छ । फूल पत्थर भन्दा जीवन्त यसका कारण छ कि फूलमा रूपान्तणको गति तिव्र छ । अनि जति जीवन्त छ, त्यति नै मात्रामा सौन्दर्य पनि छ ।

अस्तित्वको सबैभन्दा परम् सत्य भन्नु पल प्रतिपल रूपान्तरित भइरहनु हो । अस्तित्वको यही सत्यलाई बोध गर्ने बितिक्कै यो भव संसारको महाजालबाट मानिस मुक्त भई सहजै आनन्दको जीवन जीउन सक्छ ।

अन्य कुरा जस्तै मानिस पनि हरेक क्षण अर्कै मानिस हो । हाम्रो शरीरको गतिका कारण हामी बालकबाट युवा र युवाबाट बृद्ध बन्दै गएका हौं । शरीर जस्तै हाम्रो चित्त पनि निरन्तर रूपान्तरण भइरहेको हुन्छ । जगतमा सबैभन्दा तीव्रत्तर गतिमा केही रूपान्तरण हुन्छ भने त्यो मानिसको चित्त हो । चित्त रूपान्तरणको गतिका कारण नै चित्तको बोध गर्नु निक्कै नै कठिन हुन्छ ।

अध्यात्मको अर्थ नै आफ्नै शरीरभित्रको जगतको बोध गर्नु हो । त्यसैले जसले स्वयंको चित्त बुझ्छ, उसले धर्म बुझ्छ । अनि जसले धर्म बुझ्छ उसले मन व्याकुल हुनुको कारण बुझ्छ । आनन्दको श्रोत के हो बुझ्छ ।

दुःख र सुख दुवै परिवर्तनशील छन् 

हाम्रो जीवनलाई दुई कुराले प्रभाव पार्छ । एउटा संसारिक अवस्थाले अर्को चित्तको अवस्थाले । धेरै मानिसले हाम्रो जीवनलाई प्रभाव पार्ने मूल कुरा संसारिक अवस्था हो भन्ने मान्छन् । तर हाम्रो जीवनलाई संसारिक अवस्थाले निक्कै कम र चित्तको अवस्थाले धेरै प्रभाव पारेको हुन्छ । हाम्रो वरिपरिको संसारमा हरपल भइरहेको रूपान्तरणलाई इन्द्रियको सहायताले आनन्ददायक, दुःखदायक वा न दुःख न त सुखदायक रूपमा महसुस गर्छौं । त्यस्तै शरीरको परिवर्तित अवस्थाले पनि हाम्रो चित्तलाई प्रभाव पारिरहेको हुन्छ । तर यि दुई अवस्थासँग सरोकार नराखी, धेरै समय हाम्रो चित्त स्वचालित रूपमा रूपान्तरित भइरहन्छ । अनि चित्तको अवस्थाले हाम्रो शरीर र समाजिक जीवनमा असर गर्छ ।

धर्मको अर्थ नै चित्तको गहिराईमा बोध गर्नु हो । मानिसको चित्त यति तिव्रतरसँग रूपान्तरण हुन्छ कि, भगवान बुद्धले चित्तको यस्तो व्यवहारलाई बुझाउने सन्दर्भमा, औंलाको चुट्की वा एक पटक आँखा झिमिक्क गर्दा करोडौं चित्त उत्पन्न हुन्छ भन्नु भएकोछ । वास्तवमा जीवन भन्नु चित्त नै चित्तको लामो श्रृङ्खला हो । ध्यानमा पाक्दै जाँदा चित्तको रूपान्तरण अनुभूति गर्दै जान सक्ने हुन्छ तर आममानिसले चित्तको परिवर्तलाई अनुभूति गर्न सक्दैन । तथापी सबैले अनुभूत गरेको कुरा चाहिं के हो भने न त हामी लगातार निरास र दुःखी भइरहनु सक्छौं, न त लगातार उत्साही र खुशी भइरहन सक्छौं ।

जब जब हाम्रो जीवनमा कठिन परिस्थिति आउँछ अथवा हाम्रो चित्त निक्कै नै व्याकुल हुन्छ, तब तब हामीले यस्तो अवस्था सधैँ रहँदैन, यो पनि परिवर्तन हुन्छ भनेर मनन् गर्ने गरौं । अनि जब जब जीवनको अवस्था सोचेको झैं राम्रो हुन्छ र चित्त पनि आनन्दित हुन्छ, तब तब पनि यस्तो अवस्था सधैँ रहँदैन, यो अवस्था पनि परिवर्तन हुन्छ भनेर मनन् गर्ने गरौं ।

दिनभरमा हाम्रो मनोभाव परिवर्तन भईरहेको हुन्छ । अनि हामीले अनुभुति गरको अर्को कुरा के हो भने, न त दरवार वा महलमा बस्दा सधैँ खुसी भइरहन सक्छौं । न त झुपडी वा जेलमा बस्नु पर्दा सधैँ दुःखी भइरहन सक्दौं । दरवार, झुपडी वा जेल, जहाँ सुकै बसौं, मानिसको मनोभावमा उत्तारचढाव भइरहन्छ । यसको अर्थ बाहिरी अवस्थाले मात्रै हाम्रो चित्तलाई प्रभाव पर्दैन र चित्त निरन्तर परिवर्तन भइरहन्छ भन्ने हो । यसकारण अब, उप्रान्त जब जब हाम्रो जीवनमा कठिन परिस्थिति आउँछ अथवा हाम्रो चित्त निक्कै नै व्याकुल हुन्छ, तब तब हामीले यस्तो अवस्था सधैँ रहँदैन, यो पनि परिवर्तन हुन्छ भनेर मनन् गर्ने गरौं । अनि जब जब जीवनको अवस्था सोचेको झैं राम्रो हुन्छ र चित्त पनि आनन्दित हुन्छ, तब तब पनि यस्तो अवस्था सधैँ रहँदैन, यो अवस्था पनि परिवर्तन हुन्छ भनेर मनन् गर्ने गरौं । यसरी मनन् गर्ने बित्तिक्कै दुःखमा आत्तिने र सुखमा मात्तिने हाम्रो व्यवहारमा परिवर्तन हुँदै जानेछ । सन्त हुनु भनेकै जीवनका उतावचढावमा सम मानोभावमा रहनु हो ।

रूपान्तरणलाई नचाहनु नै दुःखको कारण

संसारिक जीवनका सन्दर्भमा दुईवटा अवस्थाले विशेष प्रभाव पारेको हुन्छ पहिलो आपूmले चाहेको जस्तो अवस्था नहुनु जस्तै असफलता, गरिबी, रोग, साथीहरूको बेवास्ता आदि । यस्तो अवस्था नै हामीले आमसन्दर्भमा बुझेको दुःखको अवस्था हो । अनि अर्को भनेको आपूmले चाहेको जस्तो अवस्था हुनु, जस्तै सफलता, सम्पन्नता, निरोग, सबैले इज्जत गर्नु आदि । यस्तो अवस्थालाई हामीले खुसीको अवस्था भनेर बुझेका छौं । असम्भावी छ, जीवनमा सधैँ खुसी नै खुसीको अवस्था वा सधैं दुःखै दुःखको अवस्था रहँदैन । न त सुखको समयमा मानिस चौबिसै घण्टा खुसी भइरहन सक्छ । न कष्टको समयमा मानिस चौबिसै घण्टा दुःखी भइरहन सक्छ ।

संसार निरन्तर परिवर्तनशील छ भन्ने कुरा होस् नहुँदा मानिसमा परिवर्तन नस्वीकार्ने संस्कारको विकास हुन्छ । परिवर्तन नस्वीकार्ने मानिसले वर्तमानमा कष्टको अवस्था छ भने क्रान्तिको अवश्यकता देखेर निक्कै मेहनत गर्छन् । अनि वर्तमानमा सुखको अवस्था छ भने त्यस्ता मानिसले सो अवस्था सधैं स्थिर भइरहोस् भन्ने चाहन्छन् । मानिसले परिश्रमपूर्वक केही रूपान्तरण गर्न सक्छ भन्ने चित्तलाई शुद्ध बनाउन सक्छ । भौतिक सम्पतिका र समाजिक जीवनको हकमा मानिसले परिश्रम गर्न सक्छ तर परिणाम उसको हातमा हुँदैन । हाम्रो कमजोरी के हो भने हामी परिश्रमको परिणाम आपूmले सोचेको जस्तै होस् भन्ने अपेक्षा गछौं । वास्तवमा जीवनमा आएका उत्तरचढावहरू हाम्रो चित्तको अवस्थासँग निरपेक्ष छ । जीवनमा व्याकुलता त तब आउँछ, जब हामी केही अपेक्षा गर्छौं । अपेक्षा गर्नेहरू असम्भावी दुःखी हुन्छन् । जीवन जस्तो छ कुनै अपेक्षा बिना जीवनभने कै परिर्वतनलाई स्वीकार्नु हो ।

सिकाइको संस्कार नै गलत छ 

जब हामी जन्मन्छौं, विरासतका रूपमा हामीलाई थुप्रै कुरा दिइन्छ । हामीले जात, कुल, वंश, धार्मिक पहिचान, राष्ट्रियता, परिवार आदि पाउछौं । सही र गलत छुट्याउने चेतनाको विकास नहुँदै हामीलाई के गलत र के सही हो भन्ने संस्कार लादिन्छ । यसकारण जीवनभर गलत वा सही छुट्याउन हामीले ज्ञानको उपयोग गर्दैनौं बरू हाम्रो संस्कार अनुरूप व्यवहार गछौं ।

मन र संस्कारको गहिरो सम्बन्ध हुन्छ । हामीले सोचेको जस्तै मन व्यक्तिगत आयाम मात्रै होइन । मन भन्नु हामी भित्रको समाजिक आयाम हो । संसारभर जहाँ रहेपनि सबै नेपालीको सोच्ने तरिकामा केही समानता हुन्छ । अर्थात् हामीसँग अलिकति नेपाली संस्कार छ । संसारभरका हिन्दूको मनमा हिन्दू संस्कार हुन्छ । समजातिय मानिसको संस्कारमा केही समानता देखिन्छ । एउटै पेशामा लागेका मानिसमा केही समान संस्कार हुन्छन् । त्यस्तै पुरुष वा नारीको संस्कार, युवा वा वृद्धवृद्धाको संस्कार आदि । यसकारण हाम्रो मन स्वतन्त्र आयाम मात्रै नभई समाजिक आयाम पनि हो ।

आज प्रेम गर्नेले भोलि घृणा पनि गर्न सक्छ । कसैबाट केही पनि के अपेक्षा नगर्न सिकाउनुको साटो हामीलाई कसैप्रति जीवनभर उत्तरदायी हुन सिकाइएको छ ।

प्राकृतिक रूपमै मानिसको मन निरन्तर परिवर्तन भइरहेको हुन्छ भने हामीले जीवनभर कसरी उसैगरी सोच्न सक्छौं ? तर हाम्रो समाजिक सिकाई बडो गज्जबको छ । अरूले लादिदिएका कुराहरू, जस्तै धार्मिक मान्यता, राष्ट्रियता, जातियता हामी जीवनभर बोक्नु पर्ने ! किन हामीले जिन्दगीभर हिन्दू भइदिनुपर्ने, किन हामीले जिन्दगीभर नेपाली मन बोकेर बाँचिरहनु पर्ने ? किन हामीले ठूलो जातिको अहंकार वा सानो जातिको हिनता बोकेर सधैँ हिंडिरहनुपर्ने ? यदि मन परिर्वतनशील छ भने यो कसरी सम्भव छ ? के हाम्रो व्यवहार मनसँगै परिवर्तन हुनुपर्दैन । अस्तित्वगत रूपमा त मानिस धार्मिक मान्यता, राष्ट्रियता, जातियता आदि बिनाको मानिस मात्रै हो ।

मन यदि परिवर्तनशील हुन्छ भने कसरी जिन्दगीभर परिवारका सदस्यप्रति जिम्मेवार भइरहन सकिन्छ ? विवाह पश्चात कुनै एक स्त्रीलाई जन्दगीभर माया गरिरहन कसरी सकिन्छ ? अनि हाम्रो परिवारका सदस्यहरू र श्रीमान् वा श्रीमतीको मन पनि रूपान्तरित भइरहन्छ भने आज तिनले हामीलाई स्नेह र प्रेम देखाउँदैमा भोलि कसरी उस्तै स्नेह र प्रेम गर्न सक्छन् ? आज प्रेम गर्नेले भोलि घृणा पनि गर्न सक्छ । कसैबाट केही पनि के अपेक्षा नगर्न सिकाउनुको साटो हामीलाई कसैप्रति जीवनभर उत्तरदायी हुन सिकाइएको छ । मन रूपान्तरण हुन्छ भन्ने प्राकृतिक प्रवृत्तिलाई स्वीकार नगर्ने समाज र समाजिक संस्कारका कारण थुप्रै मानिसहरू मेसिनले सरी उत्तरदायित्व वहन गर्छन् । मनदेखि होइन तर व्यवहारमा । समाजले लाल्छना लगाउँला भनेर वहन गरिने बाध्यकारी उत्तरदायित्वको कारण मानिस कसरी खुसी हुन सक्छ । वास्तवमा हाम्रो सिकाई नै गलत छ ।

कुनै कुरा स्थिर छ, त्यो हामीभित्रको द्रष्टा हो

अल्बर्ट आइन्स्टाइनको सापेक्षवादको सिद्धान्तका अनुसार कुनै कुरा गतिमान छ भने त्यसलाई जान्नु अर्को कुनै कुरा स्थिर हुनु जरुरी हुन्छ । हाम्रो मनोभाव र शरीर हरपल रूपान्तरण भइरहेको छ भने जगतको रूपान्तरण कसरी जान्न सकिन्छ ? यदि हामीभित्र केही कुरा स्थिर नहुने हो भने परिवर्तन हुँदैछ भन्ने थाहा पाउनु सम्भव हुन्न थियो । त्यो स्थिरता मानिसको चेतना हो, जो मन र चित्त भन्दा फरक कुरा हो । चेतनाकै कारण हामीले यो जगतमा भइरहेको रूपान्तरण मात्रै होइन चित्तमा भइरहेको रूपान्तरणलाई पनि हामीले महसुस गर्न सक्छौं । त्यसैलाई अध्यात्मका गुरूहरूले द्रष्टा भनेका हुन् । होस्पूर्ण हुनु नै चेतनाको अन्तर गहिराईमा छिर्नेद्वार हो । रूपान्तरणलाई बोध गर्न नसक्ने हामी जस्ता मानिसले प्रारम्भमा रूपान्तरणको प्रक्रियाप्रति सके होस्पूर्ण हुने, नसके पनि रूपान्तरणको प्रक्रिया निरन्तर हुन्छ भनेर मनमा लिइदिए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार