देश अनन्त द्वन्द्वमा जाने सम्भावना देख्न आँखा चिम्लिएको भान हुन्छ



डा.युवराज संग्रौला।

नेपालको राजनीतिलाई अब यथार्थ र निस्चयात्मताको आधारमा सूत्रबद्ध गरि बुझ्नु र राष्ट्रको हितसँग जोड्नु आवश्यक छ । मैले यसरी बुझ्नु आवश्यक छ भनी ठानेको छु ।
१. पश्चिमी शक्ति वा नाटो आबद्ध देशका एशियाप्रति खास रणनीति छन् । भारत र चीनको उदयलाई रोक्ने, र दक्षिण पूर्वएसिया र अरबलाई आफ्नो नियन्त्रणमा राख्ने उसको अर्थिक र सुरक्षा रणनीति हो भन्ने कुरा नोम चोम्क्सीले पटक पटक दोहोर्याएका छन् । उनको यस प्रक्षेपणलाई धेरै पश्चिमी बिज्ञहरुले समर्थन गरेका छन् । इडवार्ड सेडले “कल्चर एन्ड इम्पिरियलिजम“ मा “युरोपेली उपनिवेशी मान्यताको पुनस्थान हुनुपर्छ भन्ने“ थुप्रै युरोपेली विद्वानहरुका सिद्धान्त प्रक्षेपण भएको देखाएका छन् र यसै पृष्ठभूमिमा हन्टिङ्गटनको क्लासेस अफ सिभिलाइजेसन, मोर्गेन्थाउ को तिमी र हामी जस्ता सिद्धान्तहरुद्वारा पश्चिमले अहिले नव साम्राज्यवादको आकार दिएको छ । क्रिस्टोफोर कोलम्बस को “डिस्कोभरी थियोरी“लाई अमेरिकाले बोकेको कुरा उसका दर्जनौ दर्जन सैनिक अखडाले देखाएका छन् भनी चोम्स्की भन्छन् । एक अमेरिकी इतिहासकारको पछिल्ला दिनमा आएको अमेरिकी साम्राज्यको इतिहास भन्ने पुस्तकले पनि प्रष्ट पारेको छ । किन नेपाल लामो समयदेखि विवादको भूमि बनी आएको छ? कारण स्पष्ट छ, यो भूमि विदेशी शक्तिको खेलभूमि बनेको छ । चीन र भारतको उदयलाई रोक्ने पश्चिमी रणनीति कार्यन्वायन गर्ने भूमि नेपाल बनेको छ । सन् २०१६ को रायासना डायलग ले चीनलाई संक्रमणकालिन विध्वंस र मोदीको सरकारलाई नाजिबादको ट्याग लगाएबाटै धेरै कुरा प्रस्ट हुन्छ । हाम्रो राजनीति यो यथार्थ बुझ्न असफल रहयो । दुर्भाग्यबस सन १९१९ को जुन १ मा प्रकाशित अमेरिकी रक्षा मन्त्रालयको इन्डोप्यासिफिक रणनीतिको प्रतिवेदनमा नेपाललाई साझेदार देशका रुपमा प्रक्षेपण मात्र गरिएन, नेपालसँग इन्डोप्यासिफिक स्थल सेना निर्माण गर्ने दुई चरणको कुराकानी भएको समेत उल्लेख गरियो । तर यसको प्रतिवाद भएन ।

२. बामपन्थी शक्तिले राष्ट्र टुक्राटुक्रा पार्ने अनेक खेलका विरुद्ध निर्वाचनमा अवाज उठायो । जनताले मत देशभक्ति र आर्थिक समृद्धिका पक्षमा दिए । चीनसँग बेल्ट एन्ड रोड सम्झौता भएको पृष्ठभुमिमा जनताले आफ्नो समृद्धिको आसामा बामपन्थी शक्तिलाई सरकार चलाउने अख्तियार दिए । बामपन्थीहरुको एकीकरण भयो । तर यसलाई भत्काउन पश्चिमी शक्ति र भारतको प्रतिक्रियावादी तत्व सरकारका विरुद्ध पुरै खनियो । यसलाई निरंकुश शक्तिका रुपमा परिभाषा गर्न पश्चिमी प्रभावमा रहेको संचारमाध्यमको खेमा पुरै लाग्यो । कर्मचारीतन्त्रले असहयोग गर्यो । सरकारलाई घेराबन्दी गर्यो । यो साम्राज्यवादी खेललाई सरकारले बुझेन । उसले आफ्नो राजनीति शक्तिलाई विकासका कुरामा रचनात्मक ढङ्गले परिचालित गर्नु भन्दा, सरकार आम नेपाल र सम्पूर्ण पार्टीबाट बालुवाटारलाई अलग गर्ने परिपञ्चको शिकार भयो । परिणाम पार्टी भित्र नै प्रतीपक्ष निर्माण भयो । पार्टी भित्र कुना कुनामा बसेका पश्चिमी संयन्त्रका तानाबानाले सरकारका पाता कसे । यस यथार्थलाई पनि नेपाली राजनीतिले बुझ्न सकेन ।

३. देशको उन्नतिको आधार आमजनताको उत्पादन र उत्पादकत्वको उन्नयन हो र त्यसको आधार कृषिको आधुनिकीकरण र बिस्तार हो भन्ने कुरा सरकारले बुझेन । शिक्षा विकासको मेरुदण्ड हो भन्ने कुरा ख्याल गरिएन । ४५००० विद्यार्थी हरेक साल विदेशीका र उनीहरुले देशको दुर्लभ विदेशी रुपैयाँको संचिती ध्वस्त पारेको ख्याल गरिएन । युवा शक्तिहीन देशलाई राजनीति प्रभावमा राख्न सकिन्छ भन्ने विदेशी रणनीतिका बारेमा ख्याल गरिएन । गाउँको विकास भनेको डोजर चलाएर पहाड खन्नु हो भन्ने मान्यता विकास भयो । वातावरण ध्वस्त पारियो । “भाइ वडाध्यक्ष दाउ डोजरको मालिक“ को संस्कृति निर्माण गरि भ्रस्टाचारलाई मलजल गर्ने काम भयो । यी सबै कुरा रोक्ने जिम्मा सत्ताधारी पार्टीको हो, तर नेताहरु आफ्नो बर्चस्वको निर्माणमा अपबित्र गठबन्धन र गुट निर्माण गर्नमै ब्यस्त भए । अख्तियार अनुसन्धानलाई समाप्त र त्यस संस्थालाई कमजोर पार्ने माफिया लागे र जोडतोडका साथ त्यसलाई भत्काउन लागेका छन् भन्ने कुरा राज्यले ख्याल गरेन ।

४. मन्त्री बन्नु सपना रहेछ यो देशमा । मन्त्री बनेपछि गफ गर्नुपर्ने रहेछ । अलि आशालाग्दालाई मन्त्री बनाइदिए पुग्ने रहेछ । युवा नेताको त धेय नै मन्त्री हुनु रहेछ । मन्त्री भएपछि ऊ पनि कुखुराको अन्डाभित्र पस्दो रहेछ । उसको हिमचिम कहाँ हो थाह हुँदो रहेनछ । यो युवा पुस्ता बर्बाद गर्ने कसैको खेलका मोहरा स्वयम् युवा नेता हुँदा रहेछन् । अर्थात् नेपालको राजनीति अहिले पुर्णरुपमा अनुत्पादक र अकर्मण्यताको शिकार भएको छ । समाजवादको सपना माथी आक्रमण भएको छ । देशका कुना कुनामा स्वप्नभ्रम बोकेका जत्था निर्माण भएका छन् ।

५. माफिया र राजनीति बीचको प्रेम गहिरो रहेछ । माफिया र राजनीति नेपालमा प्रेमी प्रेमीका जस्ता बनेका रहेछन् । बरु बाबुआमा छोड्न सकिन्छ तर प्रेमी छोड्न सकिन्न । बिचारधारा छोड्न सकिन्छ तर माफिया छोड्न सकिन्न ।

६. प्रतिपक्ष त सत्ताको मोहमा यति गहिरो मोहमा रहेछ, त्यो खुस्किएपछि कोमामा गएको फर्किनै सकेन । रचनात्मक प्रतिपक्षी नभएको लोकतन्त्र बाँच्दैन ।

देशमा युवा छैनन् । भ्रस्टाचार ब्याप्त छ । देशलाई विज्ञ होइन गोजीका मानिस थोपरिएको छ । विकासका लागि जनसमृद्धिका योजना होइन, दातृसंस्थाका रणनीतिक योजनाले प्राथमिकता पाएका छन् । सत्ता र प्रतिपक्षले “देश अनन्त द्वन्द्वमा“ जाने सम्भावना देख्न आँखा चिम्लिएको भान हुन्छ ।
१. हायातले राष्ट्रको सम्पत्ति खायो । किन केही गरिएन ?
२. राजतन्त्रबाट खोसिएको जमिनमा माफियाहरुको हडप भएको कुरा उठ्यो । किन केही गरिएन ?
. हिजो कौडीका दाममा बेचिएका भृकुटी कागज कारखानाका जमिन आज प्लटिङ्ग भइरहेका छन् । किन केही गरिएन ?
कता लाने हो देश ? फ्रान्समा रोबेस्पियरको असफलता पछि के भयो ? इन्डोनेशियामा के भयो ? युगोस्लाभीयामा के भयो? क्रोनी पूँजीवाद के गर्दै छ ? माभुवानीले भने जस्तै पश्चिमको अहंकारले के जन्माइ रहेको छ ? के नेपालि नेताहरुले विश्लेषण गरेका छन् ?

बहस गरौं सबैले, पूर्वाग्रह बिना । देश वर्वाद भए जनता पनि वर्वाद हुन्छन् । बाँदरले गुँड भत्काइ दिएको चरालाई रुख (बिदेश) त प्राप्त होला, तर न्यानो गुँड प्राप्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा