एमसिसीको ‘च्यालेन्ज’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक थप एक दिन लम्बिएको छ । शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बिहीबार स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम सकिए पनि बैठक शुक्रबार नबसी शनिबार बसेको हो ।

साता लामो बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकारको कामको ्आलोचना गरेका समाचार बाहिर आएको थियो । सदस्यहरुले जनतामा छाएको निराशा, पार्टी एकलौटी ढंगले निर्णय गर्ने प्रवृत्तिले पार्टी चल्न नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सुझावका आधारमा परिमार्जन, विधान संशोधनबारे थप स्पष्ट पार्न समय आवश्यक परेकोले बैठक आइतबार फेरि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी कमिटी सदस्य भीम रावलले अमेरिकी सरकारले दिने भनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फतको सहयोग बारे पार्टी र सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए । प्राप्त हुने सहयोग अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो भने तत्काल रोक्न आफूले माग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले