दक्षिणको धर्मशास्त्रबाट निर्देशित हुने खतराको प्रभाव नेपालमा व्यापक हुने अवस्था छ



डा. युवराज संग्रौला ।

म देशका बुद्धिजीवीहरुलाई अहिले दुईटा उपन्यास पढ्न अनुरोध गर्छु ।
१. दोस्तोयभेस्कीको “क्राइम एन्ड पनिस्मेन्ट“ मा तत्कालीन रसियन समाजको बिघटनको जिवन्त तस्वीर छ । मानिसहरु बसाइँ सर्छन्, औद्योगीकरणले शहरीया मजदुरको जनसंख्या बढ्छ, पुराना मान्यता भत्किन्छन्, समाज दिसाहीन हुन पुग्छ । गरिबी डरलाग्दो हुन्छ, महिलाहरु शरीर बेच्न बाध्य हुन्छन्, युरोपियन संस्कृतिको उपनिवेश कायम हुन्छ । बिदेशी हस्तक्षेप आम रहन्छ । उत्पादनको ह्रास खपिनसक्नु हुन्छ । देशको राजश्व माथिल्लो सभ्रान्तले एक्लै समाप्त पार्छ । रासकोल्निकोभ सप्नाभ्रममा बाँच्छ ।

२. फ्रान्सको समाजिक बिघटन र मान्यताहीन अवस्थाको विवरण लेस मिजरेबलले दिन्छ । भिक्टर ह्युगोले यसमा समाजको दुर्दशा देखाएका छन् जिवन्त ढङ्गले ।

३. यी दुबै समाजमा दुर्दशा हुन्छ गरिबको । धनी र पढेलेखेका मानिस फ्रान्स र पश्चिमी युरोपमा पलायन हुन्छन् । कृषि लथालिङ्ग हुन्छ । मजदुरको शोषण अमानवीय हुन्छ । शासकहरु जनताबाट पुरै अलगिन्छन् । जनताले राजनीतिलाई भ्रस्टाचारको पर्याय मान्दछन् ।
अहिलेको नेपाली समाजको यथार्थता पनि यहि हो । नैतिकता समाप्त भएको अवस्था छ । समाज चरम रुपमा बिघटनको अवस्थामा छ । निराशा एकातिर र आर्कोतिर लुटेर वा ठगेर धन कमाउनेको समाजमा जगजगी छ । कसैलाई बिश्वास गर्न नसकिने अवस्था छ । भरोसा भन्ने गुण सकिएको छ ।

यस्तो अवस्थाको सम्बोधन भनेको आर्थिक क्रान्ति मात्र हो । तर राजनीतिमा मौलाएको अनैतिकता र अकर्मण्यताले आर्थिक विकासलाई नागरिकको उत्पादनसँग जोड्न सकेन । परिणामस्वरूप देशका गरिब झन् गरिब भए, भलै तथ्यांक जादुगरहरुले गरिब पनि धनी भएका देखाएका छन् । धन थोरै सभ्रान्तको गोजीमा जम्मा भएको छ । यो धनमा कालो धन व्यापक छ । अर्कातिर सडकमा काम गर्ने मजदुर पनि कर तिर्न बाध्य छ ।

यसलाई चिर्नुको अर्को बिकल्प छैन । छिमेकमा दक्षिणतर्फ राजनीति अर्थशास्त्रबाट होइन धर्मशास्त्रबाट निर्देशित हुने खतरा देखिएको छ । यसको प्रभाव नेपालमा व्यापक हुने अवस्था छ । यी सब समस्याका बारेमा राजनीतिमा कतै बहस छैन । विभाजित समाजले राष्ट्रिय सुरक्षाको संरक्षण गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा