किन राख्ने त अब संविधानको प्रस्तावनामा समाजवादउन्मूख रास्ट्र भन्ने शब्द ?



डा. युवराज संग्रौला । 
समाजवादको निर्माण माक्र्सवादका बारेमा गफ गरेर वा पार्टीको नाम कम्युनिस्ट र कांग्रेस राखेर गर्न सकिन्न । समाजवाद भनेको जनताका बुझाइमा जीवनको र परिवर्तनद्वारा निर्माण गरिएको सामुहिकता भित्र ब्यक्तिको पहिचान, भौतिक सुख, सांस्कृतिक उन्नयन र बौद्धिकताको प्रस्फुटन हो । के नेपाल त्यो बाटोमा हिंडिरहेको छ?
१. समाजवाद जो जनताका लागि निर्माण हुन्छ, त्यसले “जनतालाई रास्ट्रका मालिक ठान्छ । यो देशमा त राजा, पार्टीले जन्माएका राजा, ब्यापारले जन्माएका राजा र जातीय र क्षेत्रीयताका नाराले जन्माएका राजा सबै राजा वरिपरि २० जना प्रहरीको घेरा लगाएर, ६० किलोको मला लगाएर, अर्काले ओढाएको छाता ओढेर, विकासका रणनीति होइन सत्ताका षड्यन्त्र र गुटबन्दी मात्र गर्छन् । कसरी भएत जनता रास्ट्रका मालिक ? किन राख्ने त अब संविधानको प्रस्तावनामा समाजवादउन्मूख रास्ट्र भन्ने शब्द ?

२. समाजवाद समृद्धिको गरिने बैज्ञानिक विकासको राजनीति प्रस्तावनामा अधारित, सबै मानिसको उन्नत उत्पादकत्वको विकास, विकासका लागि दिगो पूर्वाधार संजालको निर्माण, मानवीय समतामा आधारित संस्कृतिको सम्बद्र्धन र वातावरणको संरक्षणका सपनाहरूको प्राप्ति हो। कति पूरा गरे पार्टीहरुले यी सपना? ब्यक्तिगत रुपमा नेता र आशिर्वादवाद प्राप्त कार्यकर्ताको विकास त खुब भयो, तर स्वयं जनताको के भयो?

३. भएन । केही भएन । जीवनको कुनै सपना नभएका भिन्न लिङ्गको गन्धबाट आकर्षणको रोगबाट ग्रस्त प्रेमीको आकर्षण जस्तो शोषणको पर्याय बनेको रुग्ण नवउदारवादको धङधङीबाट बाहिर नआइ समाजवादको निर्माण गर्न सकिन्छ ? मन्त्री हुँदा मालिक र मदारी बनेको अनुभूति बोकेर विकासको चाहना पुरा गर्न सकिन्छ? राजनीतिलाई ठेकेदारी बनाएर जनताका सपना पूरा गर्न सकिन्छ? सकिँदैन।

४. मानिसले आफ्नो विकास आफैं गर्ने हो, तर श्रोत, सीप र ज्ञान राज्यले दिनुपर्छ ? कांग्रेस र कम्युनिस्ट पार्टीका शिक्षाका नीति के हुन् ? केबल बिदेशीका पैसा र बिज्ञ ल्याएर म्याकाउलेका षड्यन्त्र लागुगर्ने ? कस्तो निरासावादी, नकारात्मक र अराजक बनिसकेको छ नेपाली समाज थाह छ? कहाँ र कता जाँंदैछ नेपाली समाज थाह छ ? के मेहेनत गर्ने मानिसले गरि खान सजिलो छ नेपाली समाजमा? भ्रष्टाचार कस्तो छ, थाह छ?

हामीले नेपालको धरातललाई मिल्दो विकासको ढाँचाको बिकास गर्नुपर्छ । तर देशको शिक्षाको सांस्कृतिक जग, जो बैज्ञानिक चिन्तन, प्रबिधिको विकास र प्रयोग एवं मानवियताको सम्बद्र्धनमा आधारित हुन्छ, त्यो नै भत्काइ दिएको छ । हरेक दिन हरेक क्षण नेपाल विदेशीको सुक्ष्म ब्यबस्थापन, हस्तक्षेप र बिथोलाईबाट ग्रस्त छ । यसलाई चिर्ने काम बुद्धिजिबिको हो, तर यो समुह बिद्रोही, अराजक, र गफाडी बनेको छ। तर पनि निराशालाई स्थान हुँदैन। बिरुवा जमिन छेडेर नै उम्रिन्छ । अब बहसले बाटो बदल्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना परीक्षण शुल्क ३,८९९ रुपैयाँ लिने आठ वटा निजी प्रयोगशालाको निर्णय

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने

थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो

डा. गोविन्दशरण उपाध्याय । चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित

‘केन्द्र सरकार जिम्मेवार बन्न नसक्दा उपत्यकामा कोरोना संक्रमित बढे’

भक्तपुर । उपत्यका नगरपालिका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण गर्न